एफबीआईबाट न्युयोर्क सिटीका मेयर एरिक एडम्सको फोन जफत


प्रकाशित मिति : कार्तिक २५, २०८० शनिबार

न्युयोर्क सिटीका मेयर एरिक एडम्सका इलेक्ट्रोनिक उपकरणहरू एफबीआई एजेन्टहरूले सडकमा अचानक जफत गरेको पुष्टि भएको छ । चुनावी अभियानका क्रममा टर्की सरकारबाट अवैध चन्दा प्राप्त गरे नगरेको अनुसन्धानका लागि मेयर एरिक एडम्सका फोनहरू लगायतका इलेक्ट्रोनिक उपकरणहरू एफबीआई एजेन्टहरूले जफत गरेको जनाइएको छ ।

एडम्स सडकमा हुँदा आश्चर्यचकित रुपमा उनका उपकरणहरु जफत गरिएको समाचार न्युयोर्क टाइम्सले पहिलो पटक प्रकाशित गरेको थियो भने उनी निकट श्रोतले पुष्टी गरेका छन् । एडम्स एक कार्यक्रममा भाग लिएपछि सोमबार राति उपकरणहरु जफत गरिएका थिए ।

मेयरले तुरुन्तै एफबीआईको अनुरोधको पालना गरेका थिए र उनीहरूलाई इलेक्ट्रोनिक उपकरणहरू उपलब्ध गराएका थिए । मेयरलाई कुनै गल्तीको आरोप लगाइएको छैन र अनुसन्धानमा सहयोग गर्न जारी रहेको जनाइएको छ ।

एफबीआईका एजेन्टहरूले मेयरको सुरक्षा टोलीलाई आफूसँगै उनको एसयूभीमा चढेर कम्तिमा दुईवटा सेलफोन र एउटा आईप्याड लिएर हिँड्न भनेका थिए । एजेन्टहरूसँग जससँग अदालतबाट अधिकृत वारेन्ट थियो । एफबीआई एजेन्टहरुले अनुसन्धानपछि एडम्सका उपकरणहरू फिर्ता गरिसकेका छन् ।

वारेन्टमा अधिकारीहरूले टर्की सरकार वा टर्कीका नागरिकहरूले तथाकथित स्ट्र दाता योजना प्रयोग गरेर एडम्सलाई चन्दा दिए नदिएको अनुसन्धान भइरहेको उल्लेख छ । टर्की सरकार वा नागरिकहरुले गरेको चन्दामा दाताहरु पैसाको वास्तविक स्रोत थिएनन् ।

वारेन्टले एडम्सको चुनावी अभियानको उदार म्याचफण्ड कार्यक्रमको प्रयोगको बारेमा पनि सोधपुछ गरेको छ । न्युयोर्क सिटीमा सिटी निवासी दाताको पहिलो २५० डलरसम्मको चन्दामा ८ गुणा थप गरेर उम्मेदबारहरुलाई  प्रदान गरिन्छ ।

एडम्सले एक प्रमुख फन्डरेजरमा हालैको एफबीआई छापाको बारेमा पत्रकारहरूको प्रश्नहरूको सामना गरेका थिए । उनले आफ्नो अभियानका कर्मचारीलाई नियम पालना गर्न निर्देशन दिएको बताएका थिए ।

एडम्सले एक विज्ञप्तिमा आफ्ना कर्मचारीहरूले कानूनको पालना गर्ने र कुनै पनि प्रकारको अनुसन्धानमा पूर्ण रूपमा सहयोग गर्ने अपेक्षा गरेको बताएका छन् । आफूसँग लुकाउनुपर्ने केही नरहेको उनले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com