नेपालमा केन्द्रविन्दु भएर ६.४ रिक्टर स्केलको भूकम्प : राष्ट्रिय भूकम्प विज्ञान केन्द्र


प्रकाशित मिति : कार्तिक १७, २०८० शुक्रबार

नेपालमा केन्द्रविन्दु भएर ६ दशमलव ४ रिक्टर स्केलको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । नेपालको स्थानीय समय अनुशार राती ११ बजेर ४७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का नेपालसहित भारत र चीनमा पनि अनुभव गरिएको थियो ।

भूकम्पको धक्का कत्रो थियो भन्नेबारे फरक फरक विवरणहरु पनि आइरहेका छन् । कतिपय विवरणमा ६ दशमलव २ रिक्टर स्केल बताइएको छ भने कतिपयमा ५ दशमलव ९ रिक्टर स्केल बताइएको छ । कतिपय विवरणहरुमा ५ दशमलप ६ रिक्टर स्केल बताइएको छ । भूकम्पले पश्चिम नेपालको भागमा केन्द्रविन्दु बनाएको देखिएको छ ।

युएस जियोलोजिकल सर्भेले जुम्लादेखि ४२ किलोमिटर दक्षिणमा केन्द्रविन्दु बनाएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको गहिराई १७ दशमलव ९ किलोमिटर रहेको युएस जियोलोजिकल सर्भेले जनाएको छ ।

थप विवरण अपडेटको क्रममा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com