तीनसातको अराजकतापछि अमेरिकी प्रतिनिधिसभामा नयाँ सभामुख निर्वाचित, इजरायलको समर्थनमा प्रस्ताव पारित


प्रकाशित मिति : कार्तिक ८, २०८० बुधबार

सांसद माइक जोनसनले बुधबार कुनै पनि रिपब्लिकन भोट नगुमाईकन सभामुखको पद सुरक्षित गरेका छन् । पार्टी भित्रको झगडाले सदनलाई केहीसाता अराजकतामा धकेलेपछि लुजियानाका सांसद माइक जोनसन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हुन् भने २०२० को राष्ष्ट्रपति चुनावको परिणाम उल्टाउन असफल प्रयास गर्ने संसदका प्रमुख व्यक्तित्व हुन् ।

जोन्सनको पक्षमा २२० भोट र डेमोक्र्याट सांसद हाकिम जेफ्रीसलाई २०९ मत परेको थियो । जोनसनलाई रिपब्लिकनहरुको सर्वसम्मत समर्थन थियो। एकजना रिपब्लिकन सांसद डेरिक भ्यान अर्डेन मतदानमा अनुपस्थित थिए।

 (Photo by SAUL LOEB / AFP)

पूर्व सभामुख केभिन म्याकार्थीलाई तीन हप्ताभन्दा बढी समयअघि अपदस्थ गरेपछि हाउस रिपब्लिकनहरूले नयाँ सभामुख चयन गर्न तीव्र दबाबको सामना गर्नु परेको थियो। त्यसबेलादेखि सदन प्रभावकारी रूपमा स्थीर बनेको थियो । नोभेम्बरमा बजेट पारित गर्नुपर्ने समयसिमा, युक्रेनमा संकट र हमासको बिरूद्ध इजरायलको युद्धको गम्भीर अवस्थाकाबीच सदनको कामकारवाही रोकिएको थियो ।

सदन सुचारु भएपछि हमास विरुद्धको युद्धमा इजरायलको समर्थनमा एक प्रस्ताव पारित गरिएको छ । तीन हप्ता सभामुखविहिन भएको संसदको प्रतिनिधिसभाकले सभामुख पाएपछिको यो पहिलो कारवाही हो। ९ जना डेमोक्र्याट र एकजना रिपब्लिकन सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका थिए भने प्रस्ताव ४१२ मतले पारित भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com