अमेरिकी नागरिकहरूले सन् २०२५ को मध्यसम्म युरोपियन युनियन र शेंगेन देशमा प्रवेशका लागि अनलाइनबाट यात्रा अनुमति लिनु नपर्ने भएको छ । युरोपियन युनियनले यात्रा अनुमतिका लागि अनलाइनबाट आवेदन दिनुपर्ने प्रणाली लागु गर्नमा ढिलाई गरेपछि यो प्रावधान सन् २०२५ को मे सम्म लागु नहुने भएको छ ।
युरोपियन ट्राभल इन्फर्मेसन एण्ड ऑथोराइजेसन सिस्टम अन्तरगत अमेरिकीहरूले भविष्यमा युरोपको अधिकांश भागमा यात्रा गर्न योग्य हुन अनलाइनबाट स्वीकृति प्राप्त गर्नुपर्नेछ । यो यात्राका लागि स्वीकृति लिनुपर्ने अमेरिकी इलेक्ट्रोनिक प्रणाली इस्टासँग मिल्दोजुल्दो छ।
Photo by Spencer Davis on Pexels.com
यात्रा सुरक्षा प्रणालीको लागि ठेकेदारहरूले गरेको ढिलाइको कारणले गर्दा सुरुमा मे २०२३ मा लागु हुने तय भएको कार्यक्रम पटकपटक सारिएको थियो । तर आवागमन प्रणाली पूर्ण रूपमा सञ्चालन नगरी काम गर्न नसक्ने भएकोले स्थगित गर्नु बाहेक अर्को विकल्प नरहेको जनाइएको छ ।
नयाँ प्रणाली लागु भएपछि ६० भन्दा बढी देशका करिब १ दशमलव ४ बिलियन मानिसले भविष्यमा यात्राका लागि आवेदन दिनुपर्नेछ । यी देशहरुमा अमेरिका र अन्य देशहरू जस्तै युनाइटेड किंगडम, क्यानडा, न्यूजील्याण्ड, अल्बानिया, युक्रेन आदिका नागरिकहरू पनि छन्। आवेदन शुल्क ७ युरो लाग्नेछ, जुन विश्वको सबैभन्दा सस्तो यात्रा अनुमतिका लागि आवेदन हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।