‘अमेरिकामा बस्ने नेपाली नकारात्मक सोंचका हुन्छन् भन्ने धारणामा आमूल परिवर्तन आयो’ – प्रचण्ड


प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार

तपाइँहरुले अमेरिकामा नेपालको बारेमा र नेपालको विकासको बारेमा कुन मोडेलबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने विभिन्न क्षेत्रहरुबाट तपाइँहरुले गरिराखेको प्रयास सराहनीय छ । म नेपाल सरकारको तर्फबाट तपाइँहरुको कामको प्रशंसा गर्न चाहन्छु । हुन त, पहिलोचोटी म प्रधानमन्त्रीको रुपमा आउँदा नेपालीहरु अन्तरकृया गर्ने क्रममा मेरो धारणा अमेरिका बस्ने नेपालीहरुप्रति नकारात्मक माइन्ड भएका नेपालीहरु बढी बस्दा रहेछन् भन्ने बनेको थियो । मैले देशभित्र भनेको पनि थिए -‘अमेरिकामा बस्ने नेपालीहरु त आफूलाई सिंगै अमेरिका नै ठान्दा रहेछन् ।’

‘नेपाललाई हेप्दा रहेछन्’ भने जस्तो इम्प्रेशन थियो १५ वर्ष अगाडि । तर, अहिले यहाँसम्म आइपुग्दा  अब परिस्थिति फेरिँदै गएको छ ।  यो मैले बीचमा विभिन्न माध्यमबाट पनि थाहा पाएको थिए । अब नेपालीहरुले नेपालको बारेमा नकारात्मक भन्दा पनि सकारात्मक तरिकारले कसरी मद्धत गर्न सकिन्छ भनेर चिन्ता व्यक्त गर्न थालेका भन्ने कुरा सुनेको थिए । आज प्रत्यक्ष रुपमा तपाइँहरुले विभिन्न पेशा व्यवसायमा बसेर विभिन्न क्षेत्रबाट नेपालप्रति व्यक्त गरेको विचार, भावना तपाइँहरुले योगदान गर्न चाहेको स्पीरिट हेर्दा अब पहिलेको मेरो धारणामा आमूल परिवर्तन भएकोे छ ।

तपाइँहरुसँग कुराकानी गर्दा रिल्याक्स फिल गराउनु भयो । पहिले चाइनाको विकासको बारेमा विकासको मोडेल के हुने भन्ने बारेमा निकै ठूलो डिवेट हुन्थ्योे त्यहाँको सरकारभित्र र त्यहाँको पार्टीभित्र । त्यती बेला देङ सिआयो पिङ जस्तो बिचारले आर्थिक क्षेत्रमा एउटा क्रान्ति नै लिएर आयो । र अमेरिका र क्यानडाको भ्रमण गर्दा त्यहाँको उद्यमशीलता, त्यहाँको विकासको मोडेलबाट शिक्षा लिएर स्पेशल इकोनोमिक जोन भन्ने अवधारणा चीनमा लगेपछि विस्तारै त्यसले एउटा ठूलो परिर्वतन ल्यायो । देङ सिआयो पिङको एउटा प्रशिद्ध भनाई पनि छ त्यो भनाई विश्वव्यापी रुपमा स्थापित पनि छ -‘बिरालो कालो हुनु र सेतो हुनुले के अर्थ राख्छ र ? मुख्य कुरा त उसले मुसा मार्छ कि मार्दैन् भन्ने हो ।’

यसकारण मुख्य कुरा, आर्थिक विकास गर्नु र जनतालाई धनी बनाउने कुरा मुख्य हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ विकास गर्ने सन्दर्भमा क्यानडामा भएका भारतीयहरुसँगको छलफल, उनीहरुलाई गरेको अपिल र उनीहरुको योगदानलाई संस्थागत गरेको हुनाले भारतको केही वर्ष अगाडीसम्म हालत अर्कै थियो, अहिले परिस्थिति फेरियोे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तस्बिरः प्रदीपराज वन्त

आजको तपाइँहरुको भनाईबाट मैले केही सपनाकै भावना, कसरी देशलाई राम्रो बनाउने, देशमा भएका बेथितिहरुलाई कसरी रोक्ने, अहिले दीर्घकालिन रुपमा आर्थिक विकासलाई गति कसरी दिने, छिमेकीहरुबाट कसरी सिक्ने, अन्तराष्ट्रिय समुदायबाट कसरी सिक्ने भन्ने जो चिन्ताकोे साथ पहल भइराखेको सन्दर्भ तपाइँहरुले देखिराख्नुभएको छ । आजको तपाइँहरुको प्रस्तुतीले एउटा चित्र देखिएको छ । एउटा उज्यालो देखिएको छ । ‘हामीले पनि सक्छौं, हामीसँग पनि त्यो क्षमता छ’ भन्ने देखिएको छ । ‘नेपालीहरु विदेश जाने कुरा पलायनको कुरा मात्र हैन, यो नेपालको विस्तार हो’  भन्नु भयो तपाइँहरुले । साच्चै नेपाल विस्तार भएकै छ र विभिन्न क्षेत्रमा आफ्नो प्रतिभा नेपालीहरुले देखाउँदै गएका छन् । अमेरिकामा आएर पनि यति हुनु आफैमा ठूलो कुरा हो । आज यहाँ प्रस्तुत भएका विचारहरुलाई अलि व्यवस्थित बनाएर त्यो ड्राफ्टलाई नेपाली कन्सुलेट र राष्ट्रसंघका लागि नेपाली मिसनको कार्यालयले प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय काठमाडौं सम्म पुर्याइदिनु होला ।

म तपाइँहरुसँग प्रतिबद्धता गर्न सक्ने कुरा के छ भने हामीले यही नै खोजेर हिडिरहेको बेलामा ढुंगा खोज्दा देउता मिलेको जस्तो भएको बेलामा तपाइँहरुको कुरालाई गम्भीरता पूर्वक लिइन्छ र त्यसको निम्ति बातावरण पनि बनाइन्छ । विदेशमा रहने लाखौं नेपालीहरुलाई सम्बोधन नगरिकन, उनीहरुको आत्मसम्मान, उनीहरुको क्षमता, उनीहरुको प्रतिभालाई सदुपयोग नगरिकन नेपाल बनाउन अब सम्भव छैन् । यति ठूलो संख्यामा नेपालीहरु विदेशमा छन् र विभिन्न क्षेत्रमा काम गरिरहेका छन् भने उनीहरुलाई सम्बोधन नगरिकन नेपाल बनाउछु भन्यो भने असम्भव कुरा हुन्छ । यो कुरामा अहिलेको नेतत्व स्पष्ट छ । त्यसकारण चाहे नागरिकताको कुरामा होस्, चाहे मतदानको कुरामा होस्, चाहे सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कुरामा होस्, चाहे यहाँबाट बढी भन्दा बढी लगानी देशतिर भित्र्याउने वातावरण बनाउने कुरामा होस्, अहिले नेपाल सरकार गम्भीर ढंगले लागेको छ र लाग्छ पनि । यसमा तपाइँहरु विश्वस्त हुन सक्नुहुन्छ । पहिलेको जस्तो स्थिति अहिले होइन् । चाहे देशभित्रकै कुरामा होस् या देश बाहिरको कुरा गरौं, देशभित्र एउटा पासपोर्ट बनाउने कुरामा भएको झन्झट या लाइसेन्स लिने कुरामा भएको झन्झट, केही गर्छु भनेर विदेशबाट गएका नेपाली यूवाहरुले पनि त्यहाँ गरिसाध्य नहुने त्यो झन्झटिलो हाम्रो प्रक्रिया छ, विकासका या कर्मचारीतन्त्रका । यी सबैलाई सहजीकरण गर्ने कुरामा सरकार लागिपरेको छ ।

तस्बिरः प्रदीपराज वन्त

देशभित्र आर्थिक विकासलाई गति दिने कुराका साथसाथैं, विदेशबाट बढीभन्दा बढी नेपालको हितमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने कुरामा पनि तपाइँहरुले हेर्नुभयो, म भारतको भ्रमणमा जाँदा केही चाँही लामो अवधी र केही चाँही छोटो अवधी पनि महत्वपूर्ण काम भएकै छ । ती अलि कुराहरु दुरगामी नै छन् । चाहेँ भारत, नेपाल, बंगलादेशको बीचमा कृषि क्षेत्रमा प्राकृतिक कृषिको विकासको निम्ति दुईदेशबीचमा सहकार्यको नयाँ सम्झौता होस्, या सीमानाको कुरा हल गर्ने कुरा होस् या आदी इत्यादी । केही पहिले इटालीको रोममा आएको बेलामा खाद्यसम्बन्धी विषयमा हामीले राम्रै ध्यानकेन्द्रीत गर्यौ । राम्रै हस्तक्षेप भयो । विश्व समूदायले सुन्यो नि नेपाल नयाँ ढंगले बोल्दैछ । नेपाल विश्वस्तका साथ केही चिज गर्नेमा छ भन्ने म्यासेज त्यति बेला गएर अहिले एसडीजी समेत भयो सायद तपाइँहरुले सुन्नुभएको होला अन्य थूप्रै बैठकहरु पनि भएका छन् । संयुक्र राष्ट्रसंघको महासभा छलफलमा हामीले त्यहाँ एउटा त जलवायू परिवर्तनले नेपाल र अन्य क्षेत्रमा पारेको असरबारे विश्व समूदायको ध्यान तान्ने कुरा, अर्को एलडीजी चिअरको हैसियतले गरिब देशहरुको समस्या समाधान गर्नको लागि अपिल गर्ने छौं । त्यसमा पनि विश्व समूदायको साथ चाहियो, यति भएपछि हामी आर्थिक विकासको निम्ति नयाँ गतिका साथ जान चाहान्छौं । त्यसमा पनि विश्व समूदायको सहयोग चाहिँयो भन्ने कुरालाई यो पटक जोड दिइरहेका छौं ।

यहाँबाट सिधैं चीन भ्रमणमा जानेछौं । चीनलाई पनि नेपालकै आर्थिक विकासका कुरामा कृषि क्षेत्र लगाएतका क्षेत्रमा उत्पादन इत्यादीको निम्ति के गर्न सकिन्छ, उत्तरी नाका खोल्ने कुरामा के के गर्न सकिन्छ ? हामीले विद्युत् विस्तार दक्षिणतिर बंगलादेश तिर गर्ने भनेर त भनिसक्यौ, चाइनासँग के गर्न सकिन्छ ? लगायतका थुप्रै विषयमा कुरा हुन्छ । म आशावादी छु, त्यहाँ पनि हामीले राम्रो वातावरण बनाउँछौं । तपाइँ नेपालीहरु आजको कुराहरुले मात्रै मलाई यो रुपमा बोल्ने बनाएको होइन । तपाइँहरुले मन त छुनुभयो । तर, मैले के ठान्छु भने विश्वभरी छरिएका नेपालीहरुमा नेपाली हुनुको गर्व या अपनत्व बोध या एउटा नयाँ चेतना विकाश भइरहेको छ । किनभने अहिले दुनियाँ नयाँ तरिकाले राष्ट्रवाद तिर गइराखेको छ पूरै संसारमा । नेशनल क्यारेक्टर, नेशनल कन्सर्नन्समेन्ट, नेशनल कल्चरल तिर गएको छ ।

मैले केही समयदेखि अमेरिकामा बस्ने केही एक्सपर्टहरु डाक्टरहरु, इन्जिनियरहरु विभिन्न लिगल क्षेत्रमा काम गर्ने एक्सपर्टहरुको पनि कुरा सुन्दै आएको छु । उहाँहरु आफै योजना बनाइरहनुभएको छ कि नेपाली कसरी बनाउने ? हामीलाई केही दिनुपर्दैन । हामी नेपाल बनाउन चाहान्छौं भन्ने तर्क आइरहेकोबाट म के महशुस गरिरहेको छु भने अब नेपालीहरुको एउटा नयाँ चेतनातिर, नयाँ संस्कारतिर जाँदै छ र त्यसले नेपाल बनाउने एउटा संकल्पपूर्ण साझा संकल्प प्रतिबद्धताको रुप लिँदै गरेको मैले फिल गरेको छु । तपाइँहरुलाई धेरैधेरै धन्यवाद । मैले फेरी पनि भन्न चाहान्छु, तपाइँहरुका भनाईहरुलाई केन्द्रीत गरेर लिखित रुपमा ड्राफ्ट प्रधानमन्त्री कार्यालयमा आएपछि अहिलेको सरकार त्यसमा अगाडी जान्छ । यहाँ हामी विभिन्न छौं, विभिन्न छँदा छँदै पनि हामी नेपाली नै छौं । हामी विभिन्न जाती, जनजाती, दलित, मुस्लिम भएपनि हामी सबै नेपाली छौं । नेपालका लागि नै गर्न चाहान्छौं ।

तस्बिरः प्रदीपराज वन्त

एक जना साथीले पहिचानको कुरा राख्नुभयो, त्यसको समस्याको समाधान पनि अहिलेको नेतृत्वको सरकारबाटै हुनसक्छ । एउटा कुरा बुझ्नुहोला साथीहरु । अहिलेको नेत्तृवले भएन् भने कहिलेकोले पनि हुँदैन् । मैले कुनै अहंकारको कुरा भनेको होइन्, सत्यता त्यही नै हो । नेपालको ऐतिहासिक वास्तविकता त्यही नै हो । अस्ति म विराटनगर गए, मैले यो सवाल जुन उठिरहेको छ त्यहाँ यसको जवाफ, यसको समाधान भनेको हामीले सकारात्मक र रचनात्मक वार्ता सम्बादबाट हल खोज्ने हो । मैले त्यहाँ प्रश्न उठ्ने बित्तिकै वालुवाटारमा सबै प्रश्नकर्ता अर्थात आन्दोलनकर्ता साथीहरुलाई बोलाएर मैले कुरा गरे । त्यसले वातावरणमा केही सहज बनायो । अझै पनि सहज बनाउन सकिन्छ । त्यसकारण यो मुद्धालाई सकारात्मक समाधान गर्ने या आर्थिक विकासलाई गति दिने या सुशासन, यो नेपालको मुख्य समस्याको रुपमा देखिएको छ । त्यसलाई अगाडी बढाउने पनि अहिलेको सरकारले संकल्प लिएको छ । तपाइँहरु जस्तो साथीहरुको सहयोग रह्यो भने हामी धेरै चिज गर्न सकिन्छ ।

(प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेपाली महावाणिज्यदूतावास न्युयोर्कमा आयोजित नेपाली व्यवसायीहरुसँगको छलफलमा व्यक्त  भनाई )

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com