बाढीपीडितका लागि एनआरएन अमेरिकाबाट २२ हजार डलर संकलन
प्रकाशित मिति : भाद्र २, २०७४ शुक्रबार

एनआरएन अमेरिकाले नेपालका बाढीपीडितका लागि सहयोग गर्न सुरु गरेको आर्थिक संकलन अभियानमा शुक्रबार विहानसम्म २२ हजार २ सय ४३ डलर ९९ सेन्टस संकलन भएको छ । संस्थाका कोषाध्यक्ष बेदराज बस्नेतले संकलित रकमबारे जानकारी दिएका हुन् ।
हरेक विहान र बेलुका दाताहरुको नाम अपडेट गरिने समेत उनले जानकारी दिए । एनआरएन अमेरिकामार्फत प्रकोपपीडितलाई सहयोग गर्न चाहनेहहरुले पेपलमार्फत डोनेशन गर्न सकिने जनाइएको छ ।