अन्तर्राष्ट्रिय विद्यार्थीको ओइरो पछि आवास समस्याका कारण कोटा तोक्नेबारे विचार गर्दै क्यानडा सरकार


प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार

आवास महँगो बन्दै गएपछि दबाबमा रहेको क्यानाडाको सरकारले हालैका वर्षहरूमा बढेको विदेशी विद्यार्थी भिसाका लागि निश्चित कोटा तोक्नेबारे विचार गर्न सक्ने नयाँ आवास मन्त्री सन फ्रेजरले बताएका छन् । पछिल्ला बर्षमा क्यानडामा अध्ययनका लागि आउने विद्यार्थीहरुको संख्यामा उल्लेख्य बृद्धि भएपछि आवासका लागि समस्या हुने गरेको छ भने भाडादर पनि महँगो बन्दै गएको छ ।

आधिकारिक तथ्याङ्क अनुशार सन् २०२२ मा सक्रिय विद्यार्थी भिसामा ८ लाख विदेशी विद्यार्थीहरू थिए जबकी सन् २०१२ मा यो संख्या २ लाख ७५ हजारमात्र थियो। क्यानाडा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि लोकप्रिय गन्तव्य हो किनभने यहाँ काम अनुमति प्राप्त गर्न अपेक्षाकृत सजिलो रहेको छ।

गत महिना नयाँ आवास मन्त्रीका रुपमा कार्यभार सम्हाल्नु अगाडि अध्यागमन मन्त्री समेत भएका फ्रेजरले विद्यार्थीहरूको संख्यामा तीव्र वृद्धिले केही आवास बजारहरूमा स्पष्ट दबाब दिइरहेको बताएका छन् । विदेशी विद्यार्थीहरूको संख्यामा क्याप लगाउन सकिन्छ कि भनेर सोध्दा उनले यो विचार गर्नुपर्ने विकल्पहरू मध्ये एक रहेको तर सरकारले अहिलेसम्म निर्णय नगरेको बताएका छन् । सरकारका अस्थायी अध्यागमन कार्यक्रमहरू यति छोटो अवधिमा यस्तो विस्फोटक वृद्धि देखिने अपेक्षाका साथ डिजाइन नगरिएको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आधिकारिक विपक्षी कन्जरभेटिभ पार्टीले अक्टोबर २०२५ हुनै पर्ने संघीय चुनावको अगाडि प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल सरकारले आवास मुद्दालाई सम्बोधन गर्न पर्याप्त काम नगरिरहेको आरोप लगाएको छ । करिब ३९ दशमलव ५ मिलियन जनसंख्या भएको क्यानडाले २०२५ मा रेकर्ड ५ लाख नयाँ स्थायी बासिन्दाहरू भित्र्याउने योजना बनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com