हेटौंडामा एक जनाले आफ्नै लिङ्ग काटेपछि…


प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार

हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नं. ७ घर भएका एक जना युवाले आफ्नै लिङ्ग काटेका छन् । बुधबार हेटौंडा–१० स्थित बसपार्कमा रहेको होटल फुलबारी एण्ड लजमा बसेका २२ वर्षका नविन हुमागाईंले आफ्नै लिङ्ग काटेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार, राति होटलमा सुतेको अवस्थामा बिच्छीले टोकेपछि त्यसको विष नफैलियोस् भनेर आफ्नो लिङ्ग काटेका हुन् । बिच्छीले टोकेपछि त्यसको विष फैलिन्छ भनेर लिङ्ग काटेको बयान उनले प्रहरीलाई दिएका छन् । उनले आफै राति १० बजेतिर लिङ्ग काटेको र उपचारका लागि अस्पताल गएको प्रहरीले जनाएको छ ।

उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रेफर गरिएको हेटौंडा अस्पतालले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com