नेपालमा पूर्ण रुपमा जग्गाको कित्ताकाट खोल्ने मन्त्रिपरिषद्को निर्णय


प्रकाशित मिति : श्रावण ३१, २०८० बुधबार

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भूउपयोग सम्बन्धि नियमावलीमा संशोधन गरेपछि नेपालमा वर्षौदेखि रोकिएको जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलेको छ । भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्ण रुपमा कित्ताकाट खुलेको जानकारी दिनुभएको छ ।

मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेपछि रोकिएका कित्ताकाट पूर्ण रुपमा खुलेको हो । नियमावलीमा भएका जटिल व्यवस्थाका कारण कित्ताकाट रोकिँदा यसले सर्वसाधारणलाई मार परिरहेको थियो । कित्ताकाट र नामसारी लगायतका जग्गासम्बन्धी सबै समस्याहरु मन्त्रिपरिषद्ले सामधान गरेकाले अब यसमा कुनै समस्या आउने छैन ।

यसअघि स्थानीय तहले जग्गाको वर्गीकरण गर्नुपर्ने लगायतका धेरै समस्याहरु थिए । स्थानीय तहका प्रमुखको अध्यक्षतामा बन्ने भूउपयोग समितिको सिफारिसका आधारमा जग्गाको ३ तहमा वर्गीकरण गरिएको थियो । कति पय स्थानीय तहले आवसीय, व्यवसायिक र कृषि योग्य जमीनका रुपमा बर्गीकरण गरेपछि कित्ताकाट खुला गरिएको थियो ।

अधिकांश स्थानीय तहमा भने जग्गाको वर्गीकरण हुन सकेको थिएन । यसैलाई मध्यनजर राख्दै मन्त्रिपरिषद्ले जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको हो र यस अघि सरकारले यस सम्बन्धी नियमावलीमा संशोधन गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com