न्युयोर्कको नेपाल मिसनमा लोकबहादुर थापा नियुक्त
प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार
परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालाई न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा नेपालको आवासीय प्रतिनिधि तथा राजदूतमा नियुक्त गरिएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले थापालाई राजदूत नियुक्त गरेका हुन् ।
बेल्जियमका लागि नेपाली राजदूत भइसकेका थापाले त्यसपछि परराष्ट्र मन्त्रालयमा उत्तर–पूर्वी एसिया महाशाखा हेर्दै आएका थिए । उनी परराष्ट्र सेवामा ३४ वर्षदेखि कार्यरत छन् ।

सरकारले तीन साताअघि थापासहित जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सको राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतको राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डको राजदूतमा धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधीर भट्टराईको नाम सिफारिस गरेको थियो । सबै सिफारिस गत साता ससदीय सुनुवाई समितिबाट अनुमोदन गरिएको थियो ।






