बाइडेन प्रशासनको एसाइलम सम्बन्धि नियम कार्यान्वयन गर्न पुनरावेदनले खोल्यो बाटो


प्रकाशित मिति : श्रावण १९, २०८० शुक्रबार

अमेरिका मेक्सिको सीमा क्षेत्रमा विना भिसा आएर शरण खोज्नेहरुका लागि बाइडेन प्रशासनले ल्याएको नयाँ नियम कार्यान्वयनका लागि पुनरावेदन अदालतले बाटो खोलिदिएको छ । क्यालिफोर्नियाको अदालतले एसाइलम सम्बन्धि नियम कार्यान्वयनमा रोक लगाएपछि बाइडेन प्रशासनले पुनरावेदन गरेको थियो ।

क्यालिफोर्नियाको अदालतले बाइडेन प्रशासनलाई अपील गर्ने मौका दिदै आफ्नो आदेश कार्यान्वयनका लागि १४ दिनको समय तोकेकोमा १४ दिन वित्न नपाउँदे पुनरावेदनको फैसला आएको हो । यो फैसलालाई प्रशासनको लागि अप्रत्याशित जीतका रुपमा हेरिएको छ । नवौं सर्किट कोर्टका तीन न्यायाधीशहमध्ये २ जनाले तल्लो अदालतको निर्णयमा अस्थायी रोक लगाउने पक्षमा राय दिएका थिए ।

राष्ट्रपति बिल क्लिन्टनबाट नियुक्त न्यायाधीशहरू विलियम फ्लेचर र रिचार्ड पेजले बाइडेन प्रशासनको शरण नीतिलाई अस्थायी रूपमा अगाडि बढ्न अनुमति दिएका थिए। उनीहरूले आफ्नो तर्कको व्याख्या गरेनन्, अपील विचाराधीन रहनका लागि अदालतको मापदण्डलाई संक्षिप्त रूपमा उल्लेख मात्र गरे । आफ्नो निर्णयमा फ्लेचर र पायजले सेप्टेम्बरको अन्त्यसम्ममा बहस गर्न तयार भएकाले अपीललाई छिटो अघि बढाउन आदेश दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत मे महिनामा लागु भएका शरण नियमहरूले मेक्सिको वा अर्को देश हुँदै गैरकानुनी रूपमा सीमा पार गर्ने क्रममा ती देशमा सुरक्षा नखोजीकन अमेरिकामा शरण खोज्ने आप्रवासीहरूलाई शरण पाउन गाह्रो बनाउँदछ ।

बाइडेन प्रशासनले नयाँ नियम लागू गरेपछि मे र जुनमा अवैध रूपमा सीमा पार गर्ने आप्रवासीको संख्यामा ह्वात्तै कमी आएको छ। बाइडेन प्रशासनका अनुशार यो गिरावट नयाँ शरण नियमहरूको कारण हो । नयाँ नियम अनुशार विना भिसा आउने आप्रवासीहरुले सीबीपी वान एप्लिकेशन मार्फत पोर्ट अफ इन्ट्रीमा अन्तर्वार्ताका लागि अप्वाइन्टमेन्ट लिन सक्छन् ।

रिपब्लिकन नेतृत्वका राज्यहरूले पनि बाइडेन प्रशासनको सीमा नीतिहरूविरुद्ध अदालतमा चुनौती दिएका छन् । अध्यागमन अधिकारीहरूले शरण दावी गर्ने धेरै आप्रवासीहरुलाई अमेरिकामा रिहा गरेको उनीहरुको तर्क छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com