जथाभावी नागरिकता बाँडेको भन्दै अमेरिकाबाट मध्य युरोपियन देशकै भिसामा कडाई


प्रकाशित मिति : श्रावण १६, २०८० मंगलबार

U.S. Customs and Border Protection Officer Fabian Walker is a former NFL player who now works art the international terminal of Hartsfield-Jackson Atlanta International Airport in Atlanta, Georgia, January 31, 2019. U.S. Customs and Border Protection Photo by Glenn Fawcett

अमेरिकी दूतावास र सरकारी अधिकारीका अनुसार नौ वर्षमा हंगेरीका राहदानी प्रदान गरेका झन्डै १० लाख विदेशीको पहिचान पर्याप्त रूपमा प्रमाणित नभएको भन्दै अमेरिकाले मंगलबारदेखि मध्य युरोपियन देश हंगेरीका नागरिकहरूमा नयाँ यात्रा प्रतिबन्ध लगाएको छ। जस अनुशार अब हंगेरीका नागरिकहरुले अमेरिका प्रवेशका लागि अन अराइभल भिसा लिंदा अन्य सरह सुविधा नपाउने भएका छन् ।

यस्तो प्रतिबन्ध अमेरिकाको भिसा छूट कार्यक्रममा लागू हुनेछ । यो कार्यक्रमले विश्वका ४० देशका राहदानी धारकहरूलाई ९० दिनसम्म भिसा बिना व्यापार वा पर्यटनको लागि अमेरिका प्रवेश गर्न अनुमति दिन्छ।

यात्रा प्राधिकरणको लागि इलेक्ट्रोनिक प्रणाली अन्तर्गत हंगेरियन राहदानी धारकहरूको लागि यात्राको वैधता अवधि दुई वर्षबाट घटाएर एक वर्षमा बनाइएको छ । प्रत्येक यात्री अमेरिकामा एकल प्रवेशमा सीमित हुनेछन् । भिसा छूट कार्यक्रममा सहभागी ४० देशहरुमध्ये मध्ये हंगेरीलाई मात्र त्यस्ता प्रतिबन्धहरू लगाइएको हो ।

एक वरिष्ठ अमेरिकी सरकारी अधिकारीका अनुशार सुरक्षा चिन्ताहरू समाधान गर्न हंगेरीको सरकारसँग काम गर्न अमेरिकाले वर्षौदेखि गरेका प्रयासहरु असफल भएपछि यो परिवर्तन गरिएको हो । हजारौं हंगेरी राहदानीहरू कडा पहिचान प्रमाणिकरण आवश्यकताहरू बिना जारी गरिएको थियो । ती मध्ये केही सुरक्षा खतरामा पर्ने अपराधीहरू र हंगेरीसँग कुनै सम्बन्ध नभएकाहरु रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हंगेरीको सरकारले प्रधानमन्त्री भिक्टर ओर्बनको नेतृत्वमा सन् २०११ मा हंगेरी वंश दावी गर्नेहरूलाई सरलीकृत नागरिकता प्रक्रिया प्रस्ताव गर्न थालेको थियो । यदि तिनीहरू हंगेरीमा नबसेको र बस्न नचाहेपनि नागरिकताको सुविधा दिइएको थियो ।

मुख्यतया रोमानिया, सर्बिया र युक्रेनमा छिमेकी देशहरूमा बसोबास गर्ने कम्तीमा पनि २० लाख जातीय हंगेरीहरू मध्ये सयौं हजारले सरलीकृत प्रक्रिया मार्फत हंगेरीको नागरिकता प्राप्त गरे।

आलोचकहरूका अनुशार उक्त कार्यक्रमले अन्य देशहरूमा बसोबास गर्ने कर नतिर्ने जातीय हंगेरीहरूलाई हंगेरीको चुनावमा मतदान गर्न अनुमति दिएको छ, जसले ओर्बानको सत्तारूढ फिडेज पार्टीलाई चुनावी धार दिएको छ।

अमेरिकाले पहिले चिन्ताको कारण हंगेरीलाई भिसा छूट कार्यक्रमको अस्थायी सदस्यको रूपमा पुन वर्गीकृत गरेको थियो । हंगेरीको सरकारले एक विज्ञप्तिमा मंगलबार अमेरिकी प्रतिबन्धहरूबारे प्रतिक्रिया दिदै अमेरिकाले विदेशमा दोहोरो नागरिकता भएका जातीय हंगेरीहरूको व्यक्तिगत डाटाको माग गरेको तथा हंगेरीको सरकारले ती नागरिकहरूको सुरक्षाको लागि त्यो जानकारी प्रदान गर्न नचाहने बताएको छ । यही कारणले गर्दा राष्ट्रपति जो बाइडेनको प्रशासनले अब हंगेरियनहरुमाथि बदला लिइरहेको विज्ञप्तिमा भनिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com