अमेरिकामा २ लाख १८ हजार राज्यविहीन आप्रवासी, अध्यागमन सुविधा दिन सरकारबाट नयाँ निर्देशिका


प्रकाशित मिति : श्रावण १६, २०८० मंगलबार

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले युएससीआइएएसमार्फत अध्यागमन लाभहरू प्राप्त गर्न चाहने वा युएससीआईएसमा अन्य अध्यागमन अनुरोधहरू पेश गर्ने अमेरिकामा रहेका राज्यविहीन गैर नागरिकहरूलाई सहयोग गर्न आज नयाँ निर्देशन जारी गरेको छ। यो निर्देशिकाले राजयविहीन भएकाहरुलाई अध्यागमन सुविधाहरु प्राप्त गर्न बाटो खोल्ने विश्वास गरिएको छ ।

राज्यविहीन व्यक्तिहरू ती हुन् जसलाई कानुनी रूपमा कुनै पनि देशको नागरिक मानिँदैन । जसका कारण उनीहरु कानुनी पहिचानबाट वञ्चित हुनुका साथै शिक्षा, स्वास्थ्य सेवा, विवाह, र रोजगारीका अवसरहरूमा पहुँच गर्न संघर्ष गर्नुपर्ने हुनसक्छ ।

भेदभाव, युद्ध र द्वन्द्व वा सिमाना परिवर्तन र कानुन परिवर्तनका कारण व्यक्तिहरू राज्यविहीन जन्मन सक्छन् वा राज्यविहीन हुन सक्छन्। नयाँ मार्गनिर्देशनले अध्यागमन लाभ वा अन्य अनुरोधहरूको निर्णय गर्ने उद्देश्यका लागि युएससीआईएसले गैर नागरिकलाई कहिले र कसरी राज्यविहीन भए नभएकोबारे विचार गर्न सक्छ भन्ने कुरा स्पष्ट गर्दछ।

संसारभर राज्यविहीन मानिसहरू डर र अनिश्चितताका साथ बाँचिरहेको उल्लेख गर्दै होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासले आफूहरु राज्यविहीनताको विश्वव्यापी मुद्दालाई सम्बोधन गर्न र यी व्यक्तिहरूले अमेरिकामा सामना गर्ने बाधाहरूलाई तोड्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । यस ऐतिहासिक कदमको साथ राज्यविहीन व्यक्तिहरूलाई उनीहरु योग्य भएका अध्यागमन सुरक्षा र लाभहरूको लागि आवेदन गर्ने अवसर दिइने उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस मार्गदर्शन सार्वजनिकपछि र राज्यविहीन व्यक्तिहरूलाई अवसरको फाइदा उठाउन मद्दत गर्ने लक्ष्यका साथ युएससीआईएसले व्यक्तिको सम्भावित राज्यविहीनताको मूल्याङ्कन गर्दा युएससीआईएस अधिकारीहरूलाई सहयोग गर्न नयाँ प्रक्रियाहरू सिर्जना र कार्यान्वयन गर्नेछ। यसमा राज्यविहीनतामा अवस्थित प्रशिक्षण कागजातहरू अद्यावधिक गर्ने, अधिकारीहरूका लागि थप बलियो प्रशिक्षण प्रक्रियाहरू विकास गर्ने र अधिकारीहरूका लागि सम्भावित राज्यविहीनताको आन्तरिक मूल्याङ्कन अनुरोध गर्न मानक सञ्चालन प्रक्रियाहरू सेटअप गर्ने समावेश छ, जहाँ व्यक्तिको आवेदन वा लाभ अनुरोधसँग सान्दर्भिक हुन सक्छ।

विशेष रूपमा प्रशिक्षित कर्मचारीहरूले निर्णय गर्ने अधिकारीलाई एक व्यक्तिको आवेदन वा लाभ अनुरोधको बारेमा निर्णय गर्दा अधिकारीले व्यक्तिको राज्यविहीनतालाई कसरी विचार गर्न सक्छ भनेर स्पष्ट पार्ने सल्लाहकार रिपोर्ट प्रदान गर्नेछ। यो नयाँ मार्गदर्शनले कागजात वा प्रमाणहरूको उदाहरणहरू पनि प्रदान गर्छ, जसले युएससीआईएसका अधिकारीहरूलाई युएससीआईएसको उद्देश्यका लागि गैर नागरिकहरूलाई राज्यविहीन मान्न सकिने नसकिने निर्धारण गर्न मद्दत गर्न सक्छ।

यो अपडेट लागू गर्नाले युएससीआईएस लाई यस कमजोर समूहको बारेमा थप व्यापक र सही डाटा सङ्कलन गर्न सक्षम बनाउँछ। शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको अनुमान अनुशार अमेरिकामा लगभग २ लाख १८ हजार राज्यविहीन मानिसहरू बसोबास गर्छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com