के क्याडबरीमा गाईको मासुबाट व्युत्पन्न जिलेटिन प्रयोग गरिन्छ?


प्रकाशित मिति : श्रावण १०, २०८० बुधबार

इन्टरनेटमा एउटा स्क्रिनसट भाइरल भइरहेको छ जसमा कन्फेक्शनरी फर्म क्याडबरीले आफ्ना सबै उत्पादनमा हलाल प्रमाणित गाईको मासु रहेको घोषणा गरेको दाबी गरिएको छ। यससँगै प्रयोगकर्ताहरूले यसका उत्पादनहरू, मुख्यतया चकलेटहरू बहिष्कार गर्न मानिसहरूलाई अपील गरिरहेका छन्। केही यस्ता भिडियोहरु पनि सामाजिक सञ्जालमा देखिएका छन् ।

अनुसन्धानमा क्याडबरीको बारेमा भाइरल दाबी भ्रामक भएको पत्ता लागेको छ । क्याडबरीले भारतमा उत्पादित र बेच्ने सबै उत्पादनहरू विशुद्ध शाकाहारी रहेको स्पष्ट पारेको छ । तर क्याडबरीको अष्ट्रेलियाली उत्पादनहरूमा जिलेटिन समावेश भएको त्यो हलाल प्रमाणित र गाईको मासुबाट व्युत्पन्न जिलेटिन रहेको क्याडबरीले जनाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको लिङ्क अष्ट्रेलियाली डोमेनको हो । डेरी मिल्क निर्माता क्याडबरीले कम्पनीले भारतीय उत्पादन गाईको मासु प्रयोग नगर्ने र यसका उत्पादनहरू शतप्रतिशत शाकाहारी भएको स्पष्टीकरण जारी गरेको छ। मोन्डेलेज इन्टरनेसनलको स्वामित्वमा रहेको बेलायती बहुराष्ट्रिय कम्पनीले सामाजिक सञ्जालमा क्याडबरीका उत्पादन बहिष्कार गर्ने घटनालाई ध्यानमा राख्दै यस्तो स्पष्टीकरण जारी गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्याडबरी डेरी मिल्कले आफ्नो आधिकारिक ट्विटर ह्यान्डल मार्फत भाइरल स्क्रिनसट भारतमा बनेको मोन्डेलेज उत्पादनको नभएको तथा भारतमा बनाइएका र बेच्ने सबै उत्पादनहरू शतप्रतिशत शाकाहारी रहेको उल्लेख गरेको छ । खोलमा राखिएको हरियो बिन्दु यसको पहिचान रहेको क्याडबरीले जनाएको छ ।

यसअघि गतबर्ष र सन् २०२१ मा पनि यही स्क्रिनसट भाइरल भएको थियो। त्यतिबेला क्याडबरीको स्वामित्वमा रहेको कम्पनी मोन्डेलेजले उक्त भाइरल स्क्रिनसट भारतमा बनेको उत्पादनहरूसँग सम्बन्धित नभएको स्पष्ट पारेको थियो भने भारतमा बनाइएका र बेच्ने सबै उत्पादन शाकाहारी भएको बताएको थियो ।

क्याडबरीको अष्ट्रेलियाको वेवसाइटको पुरानो भर्सनमा आफ्ना उत्पादनमा गाईको मासुबाट व्युत्पन्न जिलेटिन प्रयोग भएको बताइएपनि नयाँ भसर्नमा भने अष्ट्रेलियाली थपेर आफ्ना अष्ट्रेलियाका उत्पादनमा गाईको मासुबाट व्युत्पन्न जिलेटिन प्रयोग भएको बताएका छन् ।

क्याडबरीको अमेरिकाको उत्पादनमा पनि गाईको मासुबाट व्युत्पन्न जिलेटिन प्रयोग नहुने जनाइएको छ । तर मलेसिया, सिंगापुर, इन्डोनेशिया, बु्रनाई, न्युजिल्याण्ड, फिलिपिन्स, थाइल्याण्ड, भियतनाममा भने क्याडबरीको उत्पादनमा जिलेटिन प्रयोग हुने गरेको पाइएको छ । यद्यपी यी देशहरूमा सबै क्याडबरी उत्पादनहरूमा जिलेटिन हुँदैन। उदाहरणका लागि मलेसियामा क्याडबरी डेरी मिल्क चकलेटमा जिलेटिन हुँदैन।

यदि तपाइँ क्याडबरी उत्पादनमा जिलेटिन छ कि छैन भन्नेबारे निश्चित हुनुहुन्न भने उत्पादनको इन्ग्रेडियन्टको सूची जाँच गर्न सक्नुहुन्छ। सूचीमा जिलेटिन भएको नभएको हेर्न सकिनेछ । यदि जिलेटिन भएको भएमा त्यो गाईको मासुबाट व्युत्पन्न हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com