पारमाणविक कार्यक्रम पुनः शुरु गर्ने चेतावनी


प्रकाशित मिति : श्रावण ३१, २०७४ मंगलबार

इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले थप प्रतिबन्धहरु लगाएमा आफ्नो मुलुकले ‘केही घण्टाभित्रै’ पारमाणविक कार्यक्रम पुनः शुरु गर्ने चेतावनी दिएका छन्।

अबका पारमाणविक कार्यक्रम सन् २०१५ मा सीमित पारिएको अवस्थाभन्दा बढी आधुनिक हुने उनले बताए।

शक्ति राष्ट्रहरुसँगको एउटा सम्झौतापछि इरानले आफ्नो पारमाणविक कार्यक्रम सीमित पारेको थियो।

आफ्नो बलेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लक्षित गरी अमेरिकाले लगाएका प्रतिबन्धहरु सम्झौता विपरीत रहेको इरानको तर्क छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उल्लंघन

तर अमेरिकाले इरानको क्षेप्यास्त्र परीक्षणले संयुक्त राष्ट्रसंघीय प्रस्तावको उल्लंघन गरेको दावी गरेको छ।

हसन

राष्ट्रसंघीय प्रस्तावले पारमाणविक सम्झौतालाई अनुमोदन गर्दै परमाणु अस्त्रसँग सम्बन्धित कुनै प्रकारको परीक्षण नगर्न आह्वान गरेको थियो।

इरानले परमाणु युद्धशीर्ष बोक्न सक्ने कुनै प्रकारको बलेस्टिक क्षेप्यास्त्रको परीक्षण नगरेको र आफ्नो पारमाणविक कार्यक्रम नितान्त शान्तिपूर्ण रहिआएको बताउँदै आएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताबाट अमेरिका अलग हुने चेतावनी दिँदै आएका छन्।

गत जनवरीको अन्त्यतिर इरानले गरेको एउटा क्षेप्यास्त्र परीक्षणपछि ट्रम्पले ‘इरानका आक्रामक कदमहरुप्रति अमेरिका आँखा चिम्लेर ननबस्ने’ चेतावनी दिएका थिए।

उक्त परीक्षण प्रत्यक्ष रुपमा पारमाणविक सम्झौता विपरीत भएको नबताएपनि अमेरिकाले २५ जना, क्षेप्यास्त्र कार्यक्रमसँग र इरानको शक्तिशाली रेभोल्युशनरी गार्डसँग सम्बन्धित संस्थामाथि प्रतिबन्ध लगाएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com