बाढीले मृत्यु, बाढीमै सद्गत


प्रकाशित मिति : श्रावण ३१, २०७४ मंगलबार

– अवधेशकुमार झा

श्रावण ३१, २०७४- उनले बडो ममतापूर्वक बालकलाई च्यापेका थिए । झरी परेको आकाश केही उघ्रिए पनि मौसम चिसो–चिसै थियो । बालकलाई कम्बल ओढाइएको थियो । लाग्यो– उपचार गर्न अस्पताल लैजाँदै गरेको हुनुपर्छ ।


मैले जिज्ञासा राखें । बालक बोक्ने व्यक्ति केही बोलेनन् । साथमा आएका अर्का व्यक्तिले भने, ‘बाढीमा डुबेर यो बालकको मृत्यु भयो । जताततै पानी नै पानी छ । गाड्ने ठाउँ पाइएन । त्यसैले कोसीमा बगाएर सद्गत गर्न जाँदै छौं ।’
सुन्दै मन कटक्क भयो । नहरको डिलैडिल उनीहरू अघि बढिरहेका थिए । पाइला पछ्याउँदै हामी पनि गयौं । करिब एक किलोमिटर पार भएपछि कोसीको किनार भेटियो । बालकको शव बोक्ने व्यक्ति चुपचाप अघि बढे । कम्मरसम्म डुब्ने भागमा पुगेपछि होसियारीपूर्वक पानीमाथि शव राखिदिए । आधा मिनेट पनि नभई शव पानीले बगाउँदै लग्यो । उनले हेरिरहन सकेनन् । बग्दै गरेको एउटा फोटो खिचेपछि मैले पनि हेर्न सकिनँ । केही समयपछि हेर्दा शव अलप भइसकेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com