युएससीआईएसमा बायोमेट्रिकको पुनर्निर्धारण अब अनलाइनबाट सहजै


प्रकाशित मिति : असार २१, २०८० बिहीबार

युएससीआईएसले अनलाइनमार्फत नै बायोमेट्रिक सेवा अपोइन्टमेन्टको नयाँ मिति आवेदकले आफै पुनर्निर्धारण सकिने व्यवस्था गरेको छ । आवेदकहरु वा तिनीहरूका वकिल वा मान्यता प्राप्त प्रतिनिधिहरूले अब युएससीआईएस सम्पर्क केन्द्रमा फोन नगरीकन धेरैजसो बायोमेट्रिक सेवाहरूको नयाँ मिति पुनर्निर्धारण अब अनलाइनबाटै गर्न सक्नेछन् ।

प्रक्रियाहरू सुव्यवस्थित गर्न र सम्पर्क केन्द्रको प्रतीक्षा समय कम गर्न प्राविधिक समाधानहरू प्रयोग गर्ने युएससीआईएसको प्रयासहरूमा यो महत्त्वपूर्ण कदम भएको जनाइएको छ । युएससीआईएसले ग्राहक अनुभव सुधार गर्न नयाँ पहलहरू ल्याएर विश्वास पुनर्निर्माण गर्न प्रयासहरु जारी राखेको छ।

बायोमेट्रिक सेवा अपोइन्टमेन्ट पुनर्निर्धारण गर्ने टुल कागज र अनलाइन फाइल गरिएका दुवै प्रकारका आवेदनहरुको लागि उपलब्ध छ। बायोमेट्रिक सेवा अपोइन्टमेन्ट पुनर्निर्धारण उपकरण प्रयोग गर्न नयाँ मिति लिनका लागि राम्रो कारण भएका व्यक्तिहरूले पहिले अनलाइन एकाउन्ट बनाउनुपर्छ । त्यसपछि उक्त एकाउन्टमार्फत सहजै नयाँ मिति लिन सकिन्छ । पहिले नै युएससीआईएसमा एकाउन्ट भएकाहरुले उक्त एकाउन्ट प्रयोग गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

व्यक्तिले बायोमेट्रिक पुन निर्धारण विकल्प चयन गर्नुपर्छ । नयाँ अपोइन्टमेन्टको समय र अपोइन्टमेन्ट स्थान आरक्षित गर्न अन स्क्रिन निर्देशनहरू पालना गर्नुपर्छ । नयाँ अपोइन्टमेन्ट सूचनाको प्रिन्ट योग्य प्रतिलिपि उपलब्ध भएपछि पुष्टिकरण सन्देश प्राप्त गर्न इमेल वा एसएमएस सन्देश छनौट गर्नुपर्छ । त्यसपछि नयाँ अप्वाइन्टमेन्टको सुचना प्रिन्ट गरेर एप्लीकेशन सर्पोट सेन्टरमा ल्याउनुपर्छ ।

प्रत्येक व्यक्तिले प्रिन्ट गरिएको नयाँ अपोइन्टमेन्ट सूचनाको साथमा म्याद भएको फोटोसहितको सरकारी परिचयपत्र ल्याउनुपर्छ। जसमा ग्रिनकार्ड, पासपोर्ट, ड्राइभर लाइसेन्स लगायतका मध्ये कुनै एक कागजात पर्छन् । यदि आवेदकसँग एक भन्दा बढी बायोमेट्रिक सूचनाहरू छन् भने आवेदकले सबै सूचनाहरू ल्याउनु पर्छ। सूचनाको प्रिन्ट गरिएको प्रतिलिपि आवश्यक पर्छ भने सूचनाहरूको इलेक्ट्रोनिक प्रतिलिपिहरू स्वीकार गरिदैन ।

यसैबीच युएससीआईएसले आज एक नीति गर्दै बायोमेट्रिक सेवाहरूको अपोइन्टमेन्ट पुन लिनका लागि असामयिक अनुरोधलाई विचार गर्न सक्ने र अपोइन्टमेन्टको लागि उपस्थित हुन नसकेको प्रभावलाई विचार गर्नसक्ने उल्लेख गरेको छ । त्यस्तो बायोमेट्रिक पुन निर्धारण गर्न कस्तो कस्तो कारणलाई राम्रो कारण मानिन्छ भन्नेबारे पनि मार्गदर्शन प्रदान गरेको छ ।

रोग, मेडिकल अप्वाइन्टमेन्ट वा अस्पतालमा भर्ना, पहिले नै तय भइसकेको यात्रा, विवाह, अन्त्येष्टि, वा ग्रयाजुएसन समारोह जस्ता घटना, अपोइन्टमेन्ट स्थानमा यातायात प्राप्त गर्न असक्षमता, रोजगारी वा हेरचाह गर्ने जिम्मेवारीहरूबाट छुट्टी प्राप्त गर्न असक्षमता र बायोमेट्रिक सेवाहरू नियुक्तिको सूचना ढिलो डेलिभर गरिएको वा वितरण नगरिएको लगायतका अवस्थामा पुन बायोमेट्रिकको नयाँ मिति लिन सकिन्छ ।

तर अवस्थित अपोइन्टमेन्ट समयको १२ घण्टा भित्र अप्वाइन्टमेन्टको नयाँ मिति लिनुपर्ने भएमा, एउटै अप्वाइन्ट सार्ने तेश्रो प्रयास भएमा, छुटेको अप्वाइन्टमेन्टका लागि नयाँ अनुरोध गर्नुपरेमा, प्राविधिक कारणले अनलाइन टुल उपलब्ध नभएमा आवेदकले अप्वाइन्टमेनटको समय तालिका बनाउन सम्पर्क केन्द्रमा फोन गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com