अन्जु पन्तले डीसी बासीलाई नचाएरै छोडिन


प्रकाशित मिति : श्रावण ३०, २०७४ सोमबार

 

विजय थापा

लामो समय पछि अमेरिका पुगेकी गायिका अन्जु पन्तले आफ्नो उत्कृष्ट गीत प्रस्तुत गर्दै दर्शकलाई मन्त्र मुग्ध पारिन l उनले आफ्ना एक से एक चर्चित गीत गाए पछि दर्शक झुम्न बाध्य भएका थिए l उनले गीत गाउदै दर्शकलाई नाच्ने हैन भने पछि दर्शक मंच छेउमा गएर नाच्दै मनोरंजन लिएका थिए l

उनले आफ्ना चर्चित गीत को साथै अन्तिममा माइतिघर चलचित्रको प्राण भन्दा प्यारो गीत मिश्रित गीत गाउँदा माहौल तातेको थियो l उनले यति राम्रो गीत गाउछिन भन्ने नलागेको र नसोचेको दर्शकले बताए l उनको कार्यक्रम हेर्न आएका दर्शकले सार्है मिठो गीत गाउने कलाकार रहिछन भन्दै झन्डै यस्तो कलाकार को गीत सुन्ने अवसर गुमाएको बताए l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले लामो समय देखि कला क्षेत्रमा गरेको योगदान को उच्च कदर गर्दै उनलाई सम्मान समेत गरिएको थियो l उनलाई भर्जिनियाका निर्वाचन क्षेत्र ८७ का सभासद जोन बेलले सम्मान पत्र प्रदान गरेका थिए l अन्जु पन्त ले म आफ्ना दर्शकहरु संग आंखा जुधाउन चाहन्छु भन्दै कार्यक्रम स्थल उज्यालो बनाउन आग्रह गरिन l उज्यालो भए पछि खुशी ब्यक्त गर्दै व्यस्त समयको बाबजुद पनि आएर कलाकारलाई हौशला दिनु भएकोमा धन्यवाद दिइन् l

आफुले खोलेको संस्था बारेमा जानकारी दिदै उक्त संस्थाले बालबालिका तथा महिलाहरुका लागि काम गर्ने बताईन l उनले महत्वपूर्ण कुरा यहाहरु अमेरिका आएकोले हामीले मौका पाएको भनिन l

अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको आयोजनामा भएको पहिलो प्रस्तुतिको लागि पहिलो कलाकार स्वरुप अन्जु पन्त लाई रोजेको थियो l

गत अगस्त १३ तारिख आइतबार हुने कार्यक्रममा डिसी क्षेत्र वरपरका सभासद ,प्रतिनिधि तथा सिनेटहरु पनि अन्जु पन्त लाई प्रोत्साहन दिन आएका थिए l अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले सिनेटर वार्नर ,सिनेटर जेनिफर व्हिटन,सभासद जोन बेललाई मानार्थ सदस्यमा मनोनित गरेको छ l

उक्त सांस्कृतिक कार्यक्रममा खादा ओढाएर सम्मान गरिएको थियो l बिदेशीहरुले आफ्नो छोटो मन्तब्य राखेका थिए भने कार्यक्रममा लाउडन काउन्टी डेमो क्रेटिक दलका जिल्ला सभापति तथा लेखा परीक्षक हरि शर्माले उनीहरुको क्रियाकलाप र योगदानको बारेमा चर्चा गरेका थिए l

कार्यक्रममा स्थानीय कलाकारहरु र अमेरिका मा जन्मेका दोश्रो पुस्ताका कलाकारहरुले नृत्य तथ् गीत गएका थिए l ईनासका उपाध्यक्ष तथा वरिष्ट गायक मधु क्षेत्रीले आफ्नो सदा बाहर गीत हुरीले उडाउन सकेन भन्ने गीत प्रस्तुत गरेका थिए l कार्यक्रममा लक्ष्मण पौडेल तथा कल्पना देवकोटाले दोहिरी गीत गएका थिए भने दर्शकले मन थाम्न नसकी नाचेका थिए l

ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामा, ईनास अमेरिका भर्जिनिया शाखाका अध्यक्ष गोविन्ददाश श्रेष्ठ तथा रमेश मैनालीले समेत मन्तब्य राखेका थिए l कार्यक्रमको अन्त्यमा कलाकारहरुलाई महा बाणिज्य दुत प्रेम राजा महतले अन्जु पन्त लगायतलाई प्रमाण पत्र वितरण गरेका थिए l

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com