Follow @khasokhasmag

कांग्रेसका सबै सांसदले राहतको लागि एक महिनाको तलब दिने


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

श्रावण २९, २०७४- कांग्रेसले बाढी पीडितहरुको राहतका लागि पार्टीका सांसदबाट एक महिनाको तलब दिने घोषणा गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बालुवाटारमा बसेको बैठकले पार्टीका २ सय ७ सांसदबाटै एक महिनाको तलब दिने घोषणा गरेको कार्यसम्पादन समितिका सदस्य मीनेन्द्र रिजालले बताए ।

साथै कांग्रेसले पार्टी कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टीको राहत कोषमा सहयोग संकलन गर्न समेत अपील गरेको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com