अपराध नगरेकालाई देशनिकालाको प्राथमिकतामा नराख्ने नीति सर्वोच्चबाट सदर


प्रकाशित मिति : असार ८, २०८० शुक्रबार

सर्वोच्च अदालतले शुक्रबार बाइडेन प्रशासनलाई अध्यागमन गिरफ्तारी सीमित गर्ने नियमहरु पुनर्स्थापित गर्ने बाटो खुला गरिदिएको छ । जसले आइसलाई अमेरिकाभित्र रहेका कागजपत्रविहिन आप्रवासीमध्येबाट गम्भीर आपराधिक सजाय भएका र राष्ट्रिय सुरक्षालाई खतरामा पार्नेहरू आप्रवासीहरूमा देशनिकालाको प्रयास केन्द्रित गर्न अनुमति दिनेछ ।

टेक्सास र लुजियानाले बाइडेन प्रशासनको दिशानिर्देशहरूलाई चुनौती दिएका थिए । तर अदालतले मुद्दाका लागि ती राज्यहरुसँग आधार नभएको भन्दै उनीहरुले बाइडेन प्रशासनको देशनिकालाको प्राथमिकताविरुद्धको मुद्दाका विपक्षमा निर्णय दिएको छ । न्यायाधिस श्यामुअल अलिटोबाहेक अरु सबै ८ न्यायाधिसले बाइडेन प्रशासनको नीतिका पक्षमा राय दिएका थिए ।

न्यायाधिस ब्रेट काभानोले बहुमतको लागि राय लेखे भने त्यसमा प्रधान न्यायाधीश जोन रोबर्ट्स र न्यायाधीश सोनिया सोटोमायर, एलेना कागन र केतनजी ब्राउन ज्याक्सन सामेल थिए। न्यायधिश नील गोर्सच, क्लेरेन्स थॉमस र एमी कोनी ब्यारेटले निर्णयमा सहमति जनाए, गोर्सच र ब्यारेटले आफ्नै विचारहरू दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुद्दामा भएको निर्णय बाइडेन प्रशासनको लागि ठूलो विजय मानिएको छ । विवादको केन्द्रमा बाइडेन प्रशासनले सन् २०२१ मा जारी गरेको मेमो हो, जसले आइस एजेन्टहरूलाई गम्भीर आपराधिक रेकर्डहरू, राष्ट्रिय सुरक्षा खतराहरू र भर्खरै अवैध रूपमा अमेरिकामा प्रवेश गरेका आप्रवासीहरूको गिरफ्तारीलाई प्राथमिकता दिन निर्देशन दिएको थियो। यो नीतिले सामान्यतया अमेरिकामा वर्षौंदेखि बस्दै आएका कागजपत्रविहिन आप्रवासीहरूलाई गम्भीर अपराध नगरेको भएमा आइसद्वारा गिरफ्तार हुनबाट जोगाउँछ ।

होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयोर्कासले हस्ताक्षर गरेको मेमोले आइसलाई यसको सीमित स्रोतहरूका बाबजुत सार्वजनिक सुरक्षा, राष्ट्रिय सुरक्षा र सीमा सुरक्षामा सबैभन्दा ठूलो खतरा भएका आप्रवासीहरूलाई पक्रन र निर्वासनमा केन्द्रित गर्न अनुमति दिने बाइडेन प्रशासनको तर्क रहेको छ । सरकारले गैरकानूनी रूपमा अमेरिकामा बसोबास गर्ने लाखौं जनतालाई देश निकाला गर्न नसक्ने मान्यतामा नीति भर परेको प्रशासनका अधिकारीहरूको तर्क छ।

तर टेक्सास र लुजियानाका रिपब्लिकन अधिकारीहरूले संघीय अदालतमा यो नीतिलाई चुनौती दिएका थिए । यसले आइसका एजेन्टहरूलाई पूर्ण रूपमा आप्रवासी कानूनहरू लागू गर्नबाट रोकेको उनीहरुको तर्क थियो । राज्यहरूले तल्लो अदालतका न्यायाधीशहरूलाई बाइडेन प्रशासनको नीति अवरुद्ध गर्न राजी गराएका थिए । त्यसपछि सर्वोच्च अदालत गत वर्ष मुद्दाको सुनुवाइ गर्न राजी भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com