पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश दिने ‘बगान’ असार २९ देखि


प्रकाशित मिति : असार ७, २०८० बिहीबार

पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश दिने चलचित्र बगानको टिजरमा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहारहरुलाई प्रस्तुत गरिएको छ । यही असार २९ गते रिलिज हुने यो फिल्मको टीजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको छ ।

अभिनेता सरोज खनालको निर्देशन रहेको यो चलचित्रमा करिश्माका पति विनोद मानन्धर कार्यकारी निर्माता  र  सुरेश वाग्ले निर्माता रहेका छन् । फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।

स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो फिल्मबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन् । सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेपनि निर्माण तथा निर्देशनमा भने अभिनेता खनाल जोडिएका थिएनन् ।

स्वप्न नीरवको कथामा छाडिएको प्रश्नको जवाफ दिनका लागि र उनले उठाएको मुद्दालाई अन्य व्यक्तिले समाजमा उजागर गर्नुपर्छ भन्ने लागेर पटकथा तयार गर्दै फिल्म निर्देशक बनेको सरोज खनालले यसअघि बताएका थिए । चलचित्रमा विधवा पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिन खोजिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com