एसाइलममा तीन मुख्य परिवर्तन: फाइलिङ स्थान, कागजातको आवश्यकता र नयाँ फर्मबारे अपडेट


प्रकाशित मिति : जेष्ठ २०, २०८० शनिबार

अमेरिकामा एसाइलम प्रकृयालाई सुव्यवस्थित गर्ने र न्यायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ युएससीआईएसले विशेष एसाइलम आवेदनहरूका लागि फाइलिङ स्थान र कागजात आवश्यकताहरूमा परिवर्तनहरू घोषणा गरेको छ । हुलाकबाट पठाउने आवेदकहरूले एसाइलमका लागि आवेदन आई ५८९ सर्भिस सेन्टरमा पठाउनुको सट्टा उनीहरु कुन राज्यमा बस्छन्, त्यसको आधारमा सम्बन्धित लकबक्समा पठाउनुपर्ने भएको छ ।

फ्लोरिडा र टेक्सास बस्नेहरुले टेक्सासको लकबक्समा पठाउनुपर्नेछ भने अन्य राज्यमा बस्नेहरुले शिकागोको लकबक्समा पठाउनुपर्नेछ । कागजी फाइलिङलाई डिजिटलाइजेसनलाई सहज बनाउने यो प्रकउयाले आवेदनहरूको प्रक्रियालाई छिटो बनाउने युएससीआईएसको विश्वास छ । आवेदन समयमै प्राप्त भएको सुनिश्चित गर्नु अत्यावश्यक भएकाले हुलाक मार्फत आवेदन पेश गर्दा तोकिएको लकबक्स स्थानमा फाइल गर्न सुझाव दिइएको छ । यद्यपि यो परिवर्तन आधिकारिक रूपमा फेडरल रजिष्टरमा प्रकाशित सूचना मार्फत औपचारिक नभएसम्म युएससीआईएसले सर्भिस सेन्टरमा आएका आवेदन पनि स्वीकार गर्नेछ ।

लकबक्समा राम्रोसँग फाइल गरिएको एसाइलम आवेदनपछि आवेदकहरूले दुईवटा सूचनाहरू प्राप्त गर्नेछन्। पहिलो सूचनाले लकबक्समा प्राप्त भएको र आवेदन युएससीआईएसमा पठाइएको पुष्टि गर्नेछ। त्यसपछि युएससीआईएसले दोश्रो रिसिप्ट जारी गरिनेछ। दुबै सूचनाहरूमा एउटै रिसिप्ट मिति हुनेछ, जुन पेन्डिङ एसाइलम आवेदनको आधारमा वर्क परमिटका लागि योग्यता निर्धारण गर्न र एक वर्षभित्र फाइलिङ गर्नुपर्ने आवश्यकता पूरा गर्नको लागि महत्त्वपूर्ण छ।

एसाइलम आवेदकहरूको निश्चित वर्गहरूले एसाइलम आवेदनमा प्रदान गरिएका निर्देशनहरू पालना गर्दै एसाइलम भेटिङ सेन्टरमा आवेदनहरु हुलाकबाट पठाउनुपर्छ । एसाइलम स्वीकृति पछि तर स्थिति समायोजनभन्दा पहिले डेरिभेटिभ स्थिति गुमाएका व्यक्तिहरू, प्रारम्भिक फाइलिङ पछि तर अन्तिम निर्णय अघि डेरिभेटिभ स्टाटस गसमाएकाहरु, प्रमुख आवेदक र डेरिभेटिभ आवेदकको रूपमा एकैचोटी फाइलिङ गर्ने व्यक्तिहरू, पहिले एसाइलम आवेदनमा युएससीआईएसबाट अन्तिम निर्णय पाएकाहरु, पहिले अध्यागमन अदालतको प्रकृयामा रहेकाहरुले हुलाकबाट एसाइलम भेटिङ सेन्टरमा आवेदनहरु पठाउनुपर्छ ।

अध्यागमन अदालतको पकृयामा नरहेका र उल्लेख गरे बमोजिम एसाइलम भेटिङ सेन्टरमा आवेदनहरु पठाउनुपर्ने बाहेकका आवेदकलाई अनलाइनबाट आवेदन दिन प्रोत्साहन गरिएको छ । आवेदन प्रशोधन ढिलाइबाट बच्नको लागि आवेदकहरूलाई उनीहरूको आवेदन पेश गर्नु अघि कहाँ फाइल गर्ने भन्नेबारे विशेष निर्देशनहरू सावधानीपूर्वक पढ्न सुझाव दिइएको छ ।

यसबाहेक युएससीआईएसले २०२३ को जुलाई ३१ बाट लागु हुनेगरी एसाइलम आवेदनको मार्च १ को संस्करण जारी गरेको छ । जुलाई ३१ अगाडिसम्म अक्टोबर १२ को संस्करण पनि स्वीकार गरिनेछ । तत्काल प्रभावकारी हुनेगरी एसाइलम आवेदन पेश गर्दा आवेदकहरूले अब पासपोर्ट शैलीको फोटो, फारमको धेरै प्रतिलिपिहरू वा कागजातहरूको धेरै प्रतिहरू समावेश गर्न आवश्यक छैन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com