युकेमा आधुनिक दासप्रथा र मानवतस्करी


प्रकाशित मिति : श्रावण २७, २०७४ शुक्रबार

संयुक्त अधिराज्यको राष्ट्रिय अपराध एजेन्सीले भनेको छ देशमा आधुनिक दासप्रथा भन्न सकिने- मानिसलाई बन्धक बनाउने गतिविधि – र मानव तस्करीको अवस्था पहिले अनुमान गरिएभन्दा पनि चर्को रुपमा कायम रहेको छ।

न्याशनल क्राइम एजेन्सी, एनसीएका अनुसार देशका सबैजसो ठूला शहर र बस्तीहरुसंग सम्बन्ध हुने गरी त्यस्ता अपराधका बारे ३०० वटा भन्दा बढी प्रहरी अनुगमन कार्य भैरहेका छन्।

उक्त निकायका अनुसार मानिसलाई जबर्जस्ती दास बनाउने र तस्करी गर्ने अपराधका दशौं हजार पिडितहरु हुन सक्ने अनुमान गरिएको छ।

संयुक्त अधिराज्यमा त्यस्ता पिडितहरुको संख्या १०,००० देखि १३,००० सम्म हुन सक्ने प्रारम्भिक अनुमान गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर हाल आएर त्यो संख्या निकै ठूलो समस्याको टुप्पो मात्र रहेको थाहा भएको बताइएको छ।

एनसीएका एकजना अधिकारी विल केर भन्छन्, “हामीले यो समस्यामाथि जति पटक छानविन गर्यौं त्यति नै पटक पिडितहरु फेला पार्दै गयौं।”

सावधान

उनले सावधान गराउंदै भने तस्करी गरेर ल्याई मानिसहरुलाई दास बनाउने क्रियाकलाप यति धेरै फैलिएको छ कि सर्वसाधारणले थाहै नपाई हरेक दिन त्यस्ता पिडितहरुसंग व्यवहार गरिरहेका हुन्छन्।

एनसीएका अनुसार आधुनिक दासप्रथामा भैरहेको वृद्धिका पछाडि अन्तर्राष्ट्रिय आपराधिक गिरोहहरु छन्।

तिनीहरुले लागु पदार्थ तस्करीमा मात्र आफूलाई सिमित नगरी आफूले बन्धक बनाइ जबर्जस्ती काममा लगाउने मानिसहरुको प्रयोग विभिन्न आर्थिक क्षेत्रहरुमा गरेर ठूलो मात्रामा पैसा कमाउने गरिरहेका छन्।

खानेकुरा प्रशोधन गर्ने, माछा मार्ने, कृषि, भवन निर्माण, घरेलु तथा स्वास्थ्य सेवा कामदार र मोटर धुने जस्ता व्यवसायहरु, मानव तस्करी र जबर्जस्ती बन्धनमा पारेर काम लगाइने क्षेत्र भएको बताइएको छ।

एनसीएका विल केर भन्छन् तस्करी गरेर लाई बन्धकका रुपमा युकेमा काममा लगाइका धेरैजसो पिडितहरु पूर्वी युरोप, भियतनाम र नाइजेरियाका मानिसहरु रहेका छन्।

तर केहि पिडितहरु संयुक्त अधिराज्यकै नागरिक भएका पनि बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com