६ सय कलाकारका सात सय कलाकौशल प्रदर्शनीमा


प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८०’ आयोजना गर्ने भएको छ । प्रदर्शनी यही जेठ १५ गतेदेखि १५ दिनसम्म नाफा परिसर, बालमन्दिर, नक्साल र नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा हुँदैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले नाफा परिसरमा उद्घाटन गर्ने सो प्रदर्शनीमा नेपालका परम्परागत चित्रकला/मूर्तिकला, समसामयिक चित्रकला/मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, व्यङ्ग्यचित्र, भावभङ्गी कला, क्यारिकेचर र डिजिटल विधाका छ सयभन्दा बढी कलाकारका करिब सात सय कलाकृति रहने छन् ।

उद्घाटनका दिन सोमबार चार स्रष्टालाई सम्मान–पुरस्कार दिइनेछ भने सहभागी तिनै कलाकारमध्ये ३८ जना पुरस्कृत पनि हुँदैछन् । ‘अनुसन्धान, सिर्जना र सम्मान’ लक्ष्य बोकेको नाफाले गणतन्त्रलाई महोत्सव बनाउन गणतन्त्र दिवसलाई नै छानेर सोही दिनदेखि जेठ ३० गतेसम्म प्रदर्शनी गर्न लागेको नाफाका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताउनुभयो ।

“पन्ध्र दिनका अवधिमा कलाका विविध विषयमा विज्ञ, सम्बन्धित व्यक्ति तथा सरोकारवालासँग प्यानल डिस्कनसमेत हुनेछ”, थुम्केलीले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com