२ सय बढी गीतपछि अमेरिका पुगेका बिमलेशको कमब्याक, केकीसँगै लिएर आए ‘अन्तिमपत्र’


प्रकाशित मिति : जेष्ठ १२, २०८० शुक्रबार

झण्डै साढे २ सय म्युजिक भिडियोमा अभिनय गरिसकेका कलाकार बिमलेश अधिकारी नयाँ भिडियोमा देखिएका छन् । उनी कलाकार केकी अधिकारीसँगै अन्तिम पत्र गीतको भिडियोमा देखिएका हुन् । केकी अधिकारी र बिमलेश अधिकारीको जोडी विगतमा म्युजिक भिडियोमा निकै रुचाइएको जोडी हो ।

दिलिप घिमिरेको शब्द र बिरेन रसाइलीको स्वर रहेको उक्त गीतको भिडियोलाई बिमलेशले नेपाली म्युजिक भिडियोमा आफ्नो कमब्याक भनेका छन् । आगामी दिनमा अन्य म्युजिक भिडियोको पनि तयारी भइरहेको उनले बताए । अमेरिकाको मेरिल्याण्ड निवासी बिमलेश हाल नेपालमा छन् ।

गतबर्ष उनी झण्डै ५ बर्षपछि मूलधारको म्युजिक भिडियोमा देखिएका थिए । आमाबाट विछोडिएर घरबाट टाढा पुगेपछि मानसिक पीडा भोगिरहेको छोराको मनोदशामा बनेको म्युजिक भिडियो एउटा यस्तो मूर्तिमा बिमलेशले अभिनय गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

६ वटा चलचित्र र दुईवटा टेलिसिरियलमा समेत अभिनय गरेका बिमलेश केही समयदेखि मूलधारको रंगमञ्चमा थिएनन् । यद्यपी उनले अमेरिकामा केही म्युजिक भिडियोको निर्देशन र अभिनय भने गरेका थिए । क्या दामी भो, तिर्खा लाग्यो पानी खाएँ, धेरैपल्ट मरें म त, अलिकति नजर तिम्रो जस्ता सुपरहिट गीतहरुका म्युजिक भिडियोमा बिमलेशले अभिनय गरेका थिए ।

हालै उनको टक शो बोल्ड टक वीथ बिमको ९ वटा भाग युट्युबबाट प्रशारण भएको थियो भने उनले नेपालको टेलिभिजनमा उक्त टक शोको नयाँ सिजन सुरु गर्ने योजना समेत बनाएका छन् । पहिलो सिजनमा अमेरिकामा रहेका कलाकार र अन्य व्यक्तित्वहरुलाई समेटिएको थियो ।

बिमलेश १६० बर्ष पुरानो अमेरिकाको चर्चित ब्राण्डेड स्टोर मेसिजका स्टायल एम्बासडर समेत थिए । स्टायल एम्बेसडरका रुपमा उनले मेसिजमा बिक्रि हुने ब्राण्डहरुको प्रवद्र्धन गरेका थिए । मेसिजले आफ्ना प्रचारप्रसारमा समेत स्टायल एम्बेसडरका रुपमा बिमलेसलाई फिचर गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com