पूर्वगृहमन्त्री खाँण पक्राउपछि रविले दिए सरकारलाई धन्यवाद, भने– ‘यो शिलशिला नरोकियोस्’


प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका हुन् ।

उनले सरकारको निर्णय कार्यान्वयन गर्ने नेपाल प्रहरीलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । लामिछानेले यो शिलशिलालाई कुनै हातलमा नरोक्न समेत आग्रह गरेका छन् । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु’ । ‘यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com