अदालतबाट एसाइलम स्वीकृत भएकाहरुलाई तत्काल युएससीआईएसमा सम्पर्क गर्न प्रोत्साहन


प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार

अध्यागमन न्यायाधीश वा अध्यागमन अपील बोर्ड बीआईएले अध्यागमन स्टाटस स्वीकृत गरेको सूचना प्राप्त गरेपछि निश्चित नयाँ एसाइलीहरु र वैध स्थायी बासिन्दाहरूलाई अध्यागमन स्थितिको प्रमाण उपलब्ध गराउन थाल्ने युएससीआईएसले जनाएको छ । यो नयाँ प्रयासले अध्यागमन न्यायाधीश वा बीआईएद्वारा पहिले नै स्टाटस स्वीकृत गरिसकेका व्यक्तिहरूको लागि युएससीआईएसमा आफै उपस्थीत भएर अप्वाइमेन्ट लिनुपर्ने बाध्यता हटाउन मद्दत गर्नेछ।

युएससीआईएसका फिल्ड अफिसहरूले यी कागजातहरू हुलाक मार्फत ने उपलब्ध गराउन सक्छन्, जुन लामो कानूनी प्रक्रियाबाट गुज्रिएका व्यक्तिहरूका लागि महत्त्वपूर्ण राहत हो। यो नयाँ प्रयास अगस्त २०२२ मा सुरु भएको थियो । जस अन्तरगत एसाइलम स्वीकृत भएका व्यक्तिहरूलाई एसाइली स्ट्याम्पहरू सहित आई ९४ हुलाकबाट पठाउन थालिएको थियो ।

केही कानुनी स्थायी बासिन्दाहरूलाई अध्यागमन न्यायाधीश वा बीआईएले स्थिति समायोजनको अनुमति दिएको जानकारी दिएपछि युएससीआईएसले ग्रिनकाडएहरु पनि जारी गर्दै आएको छ ।

यो नयाँ पहलले नयाँ एसाइली र वैध स्थायी बासिन्दाहरूलाई रोजगारी खोज्न, यात्रा गर्न र उनीहरूले पाउने अन्य सुविधाहरू प्राप्त गर्न मद्दत गर्नेछ। युएससीआईएसले एसाइली वा कानुनी स्थायी बासिन्दाको हैसियत पाएका व्यक्तिहरूलाई युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गरेर उनीहरूको स्थितिको प्रमाण अनुरोध गर्न प्रोत्साहित गरेको छ । किनभने युएससीआईएसलाई हरेक अवस्थामा सूचित नगरिएको हुन सक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस नयाँ प्रयासको साथ युएससीआईएसले नयाँ शरणार्थीहरू र वैध स्थायी बासिन्दाहरूका लागि अध्यागमन स्थितिको दस्तावेज प्रमाणहरू प्राप्त गर्ने प्रक्रियालाई सजिलो र कम बोझिलो बनाउने लक्ष्य राखेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com