अदालतको प्रारम्भिक मितिका लागि एसाइलम आवेदकलाई २०३३ को मार्चमा बोलाउँदै आइस


प्रकाशित मिति : बैशाख १४, २०८० बिहीबार

अमेरिकी अध्यागमन कार्यालयहरूमा अदालतको लागि आप्रवासीहरूलाई प्रशोधन गर्न यति चर्को ब्याकलग छ कि  मेक्सिकोको सीमा पार गर्ने केही शरणार्थी आवेदकहरुले अदालतको सुनुवाईको मिति पाउनका लागि एक दशकदेखि पर्खिरहेका छन् ।

यो ब्याकलग राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेको दुई महिना पछि गरिएको परिवर्तनबाट अझ चर्को भएको हो । किनभने सीमा गस्ती एजेन्टहरूले अप्रवासीहरूलाई चाँडै परोलमा रिहा गर्ने अभ्यास सुरु गरेका थिए । उनीहरूलाई अमेरिकी आइससमक्ष उनीहरूको अदालतको लागि प्रक्रियामा रिपोर्ट गर्न निर्देशन दिइएको थियो । यो काम पहिले सीमा गस्तीले गर्दै आएको थियो ।

परिवर्तनले अध्यागमन हिराशतमा २०१९ को ठूलो भीडभाडलाई रोक्न सफल त भयो । तर अधिकारीहरूले अदालतका कागजातहरू जारी गर्ने काममा गति दिन भने सकेनन्। केही शहरहरूमा कार्यालयहरूले अब आप्रवासीहरूलाई अदालतको मितिका लागि वर्षौं पछि आउन भनिरहेका छन् ।

आप्रवासीहरूको लागि अदालतको मिति पाउनको लागि पर्खाइ अवधि फरक फरक हुन्छ। न्युयोर्कमा आइसले शरणार्थी आवेदकहरूलाई यो महिना सन् २०३३ को मार्चमा बोलाएपनि अन्य नौ शहरहरू सान एन्टोनियो, मिरामार, फ्लोरिडाको मिरामार, लस एन्जलस, ज्याक्सनभिल, मिलवाउकी, शिकागो, वासिङ्टन, डेनभर र न्युजर्सीको माउन्ट लरेलमा मार्च २०२७ सम्म पर्खन भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यतिन्जेलसम्म आप्रवासीहरूले अदालतमा प्रारम्भिक सुनुवाईका लागि समेत उपस्थित हुन पाउनेछैनन् । यद्यपि तिनीहरू अमेरिकामा बस्न र काम गर्न सक्छन् । त्यसपछि तिनीहरूको मुद्दाले अमेरिकी आप्रवासी अदालतहरूमा बाटो लिनेछ । यो प्रक्रियाले लगभग चारबर्ष लिन्छ। किनभने अहिले अध्यागमन अदालतमा लगभग २१ लाख मुद्दाहरु विचाराधिन रहेका छन् ।

एसाइलम प्रणालीमा माथिदेखि तलसम्म सुधारको कडा आवश्यकता रहेको होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयोर्कासले गत हप्ता पत्रकारहरूलाई अदालतको सूचनाको प्रतीक्षाको बारेमा सोध्दा बताएका थिए ।

आइसले १० वर्षको पर्खाइलाई कम गर्न मद्दत गर्न अनलाइन अन्तर्वार्ताहरू प्रयोग गर्न चाहने यसका अधिकारीहरुले बताएका छन् । संसदले इलेक्ट्रोनिक रूपमा अदालतको आदेश जारी गर्न पाउने प्रावधान ल्याउनुपर्ने आइसका अधिकारीको भनाई छ । थप कोषले ब्याकलग घटाउन सक्ने आइसका कार्यकारी निर्देशकको भनाई छ ।

कहिलेकाहीँ सयौं मानिसहरू जवाफ खोज्दै आइसका कार्यालयहरूमा देखा पर्छन्। कतिपय दिनमा ३ सय देखि ५ सय आप्रवासीहरु विना अप्वाइन्टमेन्ट आइसको कार्यालयमा आउने गरेका छन् । मानिसहरू अघिल्लो रातदेखि नै लाइनमा बस्दै आएका छन् भने अराजकता फैलिने गरेको छ ।

आइसका अनुशार एउटै ठूलो परिवारलाई अदालतको लागि प्रशोधन गर्न छ घण्टा सम्म लाग्छ । फेब्रुअरीको अन्त्यमा हिरासतमा नभएका परिवार र व्यक्तिहरूको ५ दशमलव मिलियन केसहरूको लागि आइस जिम्मेवार थियो ।

मार्चमा फ्लोरिडामा एक संघीय न्यायाधीशले बाइडेन प्रशासनलाई आइस कार्यालयमा रिपोर्ट गर्न निर्देशन दिएर सीमामा आप्रवासीहरूलाई रिहा गर्न रोक्न आदेश दिए। प्रशासनले त्यो आदेशलाई अपील गरेन तर वास्तवमा मानवीय परोल भनेर चिनिने अभ्यासलाई अन्त्य गरेको थियो किनकि यसले अमेरिका र मेक्सिको सीमामा कडा आप्रवासन उपायहरू लागू गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com