अमेरिकीहरु इक्वेटोरियल गिनी जान भिसा लगाउनुपर्ने, युरोप जान अझै १ बर्ष भिसा फ्री


प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार

अब इक्वेटोरियल गिनी जानका लागि अमेरिकी पासपोर्ट वाहकले पनि भिसा लगाउनुपर्ने भएको छ । अप्रिल २४ देखि इक्वेटोरियल गिनी सरकारले अमेरिकी पासपोर्ट वाहकहरूले पनि इक्वेटोरियल गिनी कन्सुलर पोस्टबाट पर्यटक र व्यापार भिसा लिनुपर्ने व्यवस्था गरेको हो ।

यस अगाडि अमेरिकी पासपोर्टवाहकहरुले भिसाको लागि आवेदन दिन आवश्यक थिएन । किनभने अमेरिकालाई इक्वेटोरियल गिनीले भिसामुक्त यात्रा नीति अन्तर्गत भिसा छूटको रूपमा सूचीबद्ध गरेको थियो।

अप्रिल २४ पछि भने इक्वेटोरियल गिनीमा जानु अगाडि पहिले नै अमेरिकी पासपोर्ट वाहकले कम्तीमा ६० दिन अगाडि भिसा लिनुपर्नेछ । यो आवश्यकता इक्वेटोरियल गिनी रेसिडेन्सी अनुमतिको साथै अमेरिकी कूटनीतिक र सरकारी पासपोर्ट वाहकहरुमा भने लागू नहुने जनाइएको छ ।

त्यस्तै अमेरिकी नागरिकहरूले सन् २०२४ को मध्यपछि युरोपियन युनियन र शेंगेन देशमा प्रवेशका लागि अनलाइनबाट यात्रा अनुमति लिनु पर्नेछ । युरोपियन युनियनले यात्रा अनुमतिका लागि अनलाइनबाट आवेदन दिनुपर्ने प्रणाली लागु गर्नमा ढिलाई गरेपछि यो प्रावधान सन् २०२४ को मध्यपछि लागु हुने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युरोपियन ट्राभल इन्फर्मेसन एण्ड ऑथोराइजेसन सिस्टम अन्तरगत अमेरिकीहरूले भविष्यमा युरोपको अधिकांश भागमा यात्रा गर्न योग्य हुन अनलाइनबाट स्वीकृति प्राप्त गर्नुपर्नेछ । यो यात्राका लागि स्वीकृति लिनुपर्ने अमेरिकी इलेक्ट्रोनिक प्रणाली इस्टासँग मिल्दोजुल्दो छ।

अमेरिकीहरूले युरोपियन युनियन अन्तरगतको देशको यात्रा गर्दा आगामी नोभेम्बरबाट अनलाइन आवेदन दिन थाल्नुपर्ने थियो । तर अब यो कार्यक्रम आगामी नोभेम्बरबाट लागु नहुने भएको छ ।

anonymous tourists showing us passports on street on sunny day

यात्रा सुरक्षा प्रणालीको लागि ठेकेदारहरूले गरेको ढिलाइको कारणले गर्दा सुरुमा मे २०२३ मा लागु हुने तय भएको कार्यक्रम नोभेम्बरका लागि सारिएको थियो । तर आवागमन प्रणाली पूर्ण रूपमा सञ्चालन नगरी काम गर्न नसक्ने भएकोले नोभेम्बरमा पनि लागु नहुनेगरी स्थगित गर्नु बाहेक अर्को विकल्प नरहेको जनाइएको छ ।

यो प्रणाली कहिलेदेखि लागु हुने भन्नेबारे यकिन मिति अझै तय गरिएको छैन । आवागमन प्रणाली वर्षको अन्त्यमा लागू हुने र त्यसको पाँच वा छ महिना पछि युरोपियन ट्राभल इन्फर्मेसन एण्ड ऑथोराइजेसन सिस्टम लागु हुने अनुमान गरिएको छ ।

नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालन हुने हालको अपेक्षित मिति २०२४ भएको गृह मामिला, आप्रवासन र आन्तरिक सुरक्षाका लागि युरोपियन युनियनको आयोगका प्रवक्ता अनिता हिपरको भनाई छ । नयाँ प्रणाली लागु भएपछि ६० भन्दा बढी देशका करिब १ दशमलव ४ बिलियन मानिसले भविष्यमा यात्राका लागि आवेदन दिनुपर्नेछ ।

यी देशहरुमा अमेरिका र अन्य देशहरू जस्तै युनाइटेड किंगडम, क्यानडा, न्यूजील्याण्ड, अल्बानिया, युक्रेन आदिका नागरिकहरू पनि छन्। आवेदन शुल्क ७ युरो लाग्नेछ, जुन विश्वको सबैभन्दा सस्तो यात्रा अनुमतिका लागि आवेदन हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com