मेक्सिकोबाट विना भिसा अमेरिका आउनेहरुलाई ट्रयाक गर्न सोमबारदेखि आइसको नयाँ उपकरण
प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार
Migrants cross the Rio Grande towards the U.S.-Mexico border in Ciudad Juarez, Mexico, Tuesday, Dec. 20, 2022. The U.S. Supreme Court issued a temporary order to keep pandemic-era limits on asylum-seekers in place, though it could be brief, as conservative-leaning states push to maintain a measure that allows officials to expel many but not all asylum-seekers. (AP Photo/Christian Chavez)
अमेरिकाको अध्यागमन र भन्सार प्रवर्तन एजेन्सी आइसले सोमबार संघीय अध्यागमन हिरासतबाट रिहा भएका आप्रवासीहरूलाई ट्र्याक गर्न स्मार्टवाच जस्तो उपकरण अनावरण गरेको छ । यस प्रविधिले सरकारलाई निर्वासनका मुद्दाहरू भएका लाखौं व्यक्तिहरूको एउटा अंशलाई निगरानी गर्न मद्दत गर्नसक्छ।
जीपीएस टेक्नोलोजी प्रयोग गर्ने नाडी मनिटर आइसद्वारा प्रयोग गरिएको नवीनतम उपकरण हो । वैकल्पिक डिटेन्सन कार्यक्रममा समावेश आप्रवासीहरूलाई ट्र्याक गर्न यो उपकरण ल्याइएको हो । यो उपकरण खासगरी मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गर्नेहरुलाई हिराशतमा नराखेर बाहिर छाडिएको अवस्थामा प्रयोग गरिन्छ ।
आइसले पहिले खुला हिराशतमा राखिएकाहरूलाई निगरानी गर्न अनुहार पहिचान टेक्नोलोजीको साथ एन्कल मोनिटरहरू, फोन कलहरू र मोबाइल एप प्रयोग गर्दै आएको थियो । घडीजस्तो यो उपकरण आप्रवासीहरूले अध्यागमन प्रक्रियाको पालना सुनिश्चित गराउन सस्तो र अधिक मानवीय रहेको बाइडेन प्रशासनका अधिकारीहरुको भनाई छ ।

५० लाख भन्दा बढी आप्रवासीहरूले आइसको गैर हिरासतमा राखिएका केसहरूको भागको रूपमा देशनिकालाको मुद्दाको सामना गरिरहेका छन् । यद्यपी आइससँग देशनिकालाको मुद्दा भएका सबै आप्रवासीहरूलाई हिरासतमा राख्न वा निगरानी गर्न कर्मचारी वा स्रोतहरू छैनन्।
यस महिनाको सुरुमा लगभग साढे २ लाख आप्रवासीहरूलाई अध्यागमन हिराशतमा राख्नुको साटो बाहिर छाडेर निगरानी गरिएको थियो । जबकि अन्य अध्यागहन जेल र हिराशतमा जम्मा २५ हजारलाई राखिएको थियो ।
घडीहरू जस्ता उपकरण आगामी केही हप्ताहरूसम्म परीक्षण गरिनेछ । सुरुमा यो उपकरण डेन्भर देशनिकालाको सामना गरिरहेका ५० आप्रवासी वयस्कहरूलाई प्रदान गरिएको छ । परीक्षण अवधि कसरी जान्छ भन्ने आधारमा यसको प्रयोग विस्तार गर्न सकिने अधिकारीले बताएका छन् ।

नाडी मोनिटरहरू स्मार्टवाचहरू जस्तै हुन्छन्, तिनीहरूलाई खुट्टामा राख्ने मनिटर भन्दा कम हस्तक्षेपकारी मानिन्छ । प्रति आप्रवासी घडी मनिटर सञ्चालनको दैनिक लागत ८ डलर भन्दा कम हुनेछ, जुन हिरासत लागत भन्दा धेरै सस्तो छ।
जीपीएस सुविधाको साथमा घडी मनिटरहरूले समय पनि बताउँछन् । साथै आईसका अधिकारीहरू र केस प्रबन्धकहरूबाट सन्देशहरू प्राप्त गर्न र आप्रवासीहरूलाई अधिकारीहरूसँग चेक इन गर्न अनुमति दिन अपोइन्टमेन्टको क्यालेन्डर पहुँच गर्न सक्छ। आइसले लाखौं आप्रवासीहरूलाई ट्र्याक गर्न प्रयोग गरेको फोन एप जस्तै नाडी मोनिटरहरू बीआई एन्कर्पोर्रेटेड नामको एक निजी कम्पनी द्वारा विकसित गरिएको थियो।
घडीको विशेषताहरू अंग्रेजी, स्पेनिश, पोर्चुगिज र हाइटियन भाषामा उपलब्ध हुनेछन् । त्यहाँ घडीका दुई संस्करणहरू पनि छन् । जसमध्ये एउटा प्रवासीहरूले बेलाबेलामा खोल्न सक्षम हुनेछन् भने अर्को आप्रवासीहरूलाई दिनभर लगाउन आवश्यक छ।
हटाउन सकिने घडी आप्रवासीहरुले खोलेर चार्ज गर्न वा सुत्न जाँदा यसलाई खोल्न सक्नेछन् । हटाउन नसकिने संस्करणले भने यदि हटाएको खण्डमा अलर्टलाई ट्रिगर गर्नेछ । जसले गर्दा आप्रवासीहरूलाई आइससँग प्रत्यक्ष भेट्नुपर्ने आवश्यकता हुन सक्छ। यसमा आप्रवासीहरूले हटाउने प्रयास गर्छन् वा गर्दैनन् भन्ने संकेत गर्ने क्लिप पनि राखिनेछ।
आइसले मूल्याङ्कन अवधिमा डेनभरमा घडीको दुवै संस्करणको परीक्षण गर्नेछ, जुन ३० देखि ४५ दिनको बीचमा रहने अपेक्षा गरिएको छ ।






