उडेको फ्लाइ दुबईको इन्जिनमा आगलागीपछि काठमाडौं विमानस्थलमा एम्बुलेन्स र दमकल स्ट्यान्डबाइ


प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार

फ्लाइ दुबईको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरणको प्रयास गरिएको छ । विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको छ।

विमान सोमबार राति काठमाडौंबाट दुबईका लागि उडेको थियो । लगत्तै आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।

त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको विमानस्थल स्रोतले जनाएको छ । विमानमा १६९ जना यात्रु रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com