भिसा थप वा परिवर्तनका लागि निश्चित आवेदकको बायोमेट्रिक छुट विस्तार, भविश्यमा सबैलाई छुट


प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार

युएससीआईएसले गैर आप्रवासी भिसा थप वा परिवर्तनका लागि फारम आई ५३९ दाखिल गर्ने निश्चित आवेदकहरूले बायोमेट्रिक दिन नपर्ने व्यवस्था विस्तार गरेको छ । एचफोर, एल टु र ई भिसाका लागि स्टाटस परिवर्तन वा ती भिसाका लागि अवधि थपको आवेदन दिनेहरुलाई बायोमेट्रिक छुटको व्यवस्था विस्तार गरिएको हो ।

यस अगाडि यो छुट आगामी मे १७ का लागिमात्र रहेकोमा अब सेप्टेम्बर ३० सम्म थपिएको छ। ती श्रेणीमा पर्नेहरुलाई फिंगरप्रिन्ट र फोटो नखिचिकनै बायोग्राफिक जानकारी र सम्बन्धित पृष्ठभूमि जाँचहरूको आधारमा अगाडि बढ्न अनुमति दिने युएससीआईएसले जनाएको छ ।

कुनै पनि आवेदकका लागि बायोमेट्रिक्स आवश्यक पर्ने भएमा केसका आधारमा निर्णय गर्ने पनि युएससीआईएसले प्रष्ट पारेको छ । आवश्यक परेमा आवेदकहरूलाई बायोमेट्रिक्स पेश गर्नको लागि एप्लीकेशन सर्पोट सेन्टरमा अपोइन्टमेन्टको लागि मिति निर्धारित हुन सक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बायोमेट्रिक्स छुटको मापदण्ड पूरा गर्ने आवेदकले छुट अवधिमा ८५ डलर बायोमेट्रिक सेवा शुल्क बुझाउनु पर्दैन। आवेदन र बायोमेट्रिकको अलग अलग शुल्क पठाएमा बायोमेट्रिक सेवा शुल्क फिर्ता गर्ने तर योग्य व्यक्तिले आवेदन र बायोमेट्रिकको एउटै शुल्क पठाएमा भने आवेदनहरू अस्वीकार गरेर सबै शुल्क फिर्ता गर्ने युएससीआईएसले जनाएको छ ।

यदि आवेदकले बायोमेट्रिक्स सेवा शुल्क समावेश गरेका कारणले युएससीआईएसले कागजी आवेदन अस्वीकार गरेमा आवेदकले बायोमेट्रिक सेवा शुल्क बिना आवेदन पुन फाइल गर्नुपर्नेछ। आगामी महिनाहरूमा सबै भिसा थप र परिवर्तनका आवेदकहरूको लागि स्थायीरुपमा बायोमेट्रिक्स छूट स्थापना गर्ने योजनामा ​​रहेको युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com