अमेरिकी दूतावास काठमाडौंको भिसा आवेदन प्रकृया अगाडि बढाउने वेवसाइटमा समस्या


प्रकाशित मिति : चैत्र २५, २०७९ शनिबार

अमेरिकी दूतावास काठमाडौंको भिसा आवेदन प्रकृया अगाडि बढाउने वेवसाइटमा समस्या यथावत रहेका कारण सेवाग्राहीहरु मारमा परेका छन् । मार्च २९ देखि वेवसाइटमा आएको समस्याका कारण प्रयोगकर्ताहरूले भिसाका लागि अप्वाइन्टमेन्ट लिन, अप्वाइन्टमेन्ट रद्द गर्न, प्रमाणिकरण गर्नमा समस्या भोगिरहेका छन् ।

मार्च २९ पछि तिरेको भिसा शुल्क भुक्तानी पुष्टिकरण सक्रिय गराउनमा समेत ढिलाइको अनुभव गरेको दूतावासले जनाएको छ । वेवसाइटमा अहिलेपनि समस्या कायम रहेको र यो समस्या समाधान गर्न काम गरिरहेको दूतावासले स्पष्ट पारेको छ । पछि फेरि लग इन गर्ने प्रयास गर्न आग्रह गर्दै यसबाट पर्न गएको असुविधाप्रति दूतावासले सेवाग्राहीसँग क्षमा मागेको छ ।

सर्भरमा आएको समस्याका कारण सेवाग्राहीहरुले नयाँ अप्वाइन्टमेन्ट बुक गर्न र भिसा शुल्क स्वीकृत हुनमा समस्या आएको गुनासो गरेका छन् । दूतावासले भिसा च्याटका क्रममा पनि वेबसाइटको वर्तमान समस्याहरूबारे सचेत रहेको र कन्ट्राक्टरहरुले समस्या समाधान गर्न काम गरिरहेको जनाएको छ।

आपतकालीन समस्या भएका व्यक्तिहरूले [email protected] मा इमेल वा ९८०१२०८३९२ मा फोन गरेर दूतावासमा सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com