अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी लगायतका भिसाका थप २ हजार अप्वाइन्टमेन्ट खोल्ने


प्रकाशित मिति : चैत्र २५, २०७९ शनिबार

अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी लगायतका भिसाका थप २ हजार अप्वाइन्टमेन्ट खोल्ने भएको छ । यसबारे आगामी केही दिनमा घोषणा गर्ने दूतावासले जनाएको छ । त्यसपछि गैर आप्रवासी भिसामा अमेरिका आउन चाहनेहरुले थप अप्वाइन्टमेन्टहरु लिनसक्ने अपेक्षा गरिएको छ । जुलाईसम्म ती अप्वाइन्टमेन्टहरु उपलब्ध गराउने दूतावासले जनाएको छ ।

दूतावासले भनेको छ -‘हामीलाई थाहा छ तपाईंहरू मध्ये धेरैसँग अपोइन्टमेन्ट उपलब्धताको बारेमा प्रश्नहरू छन्, हामी नयाँ अप्वाइन्टमेनटहरु सिर्जना गर्न निरन्तर काम गरिरहेका छौं । चाँडै घोषणा गर्ने आशा गर्दछौं।’

अमेरिकी दूतावास काठमाडौंले बेला बेलामा गैर आप्रवासी भिसाका थप अप्वाइन्टमेन्टहरु खुलाउदै आएको छ । खासगरी विद्यार्थी भिसामा अमेरिकामा आउन चाहनेहरुलाई लक्ष्यीत गरेर त्यस्ता अप्वाइन्टमेन्टहरु खुलाउने गरिएको छ ।

अमेरिकी दूतावास काठमाडौंले गत डिसेम्बरमा आइतबार पनि विद्यार्थी भिसाका २ सय भिसा अन्तरवार्ताहरु लिएको् थियो । दूतावासले विद्यार्थीबाहेक अन्य भिसाका लागि समेत केही अप्वाइन्टमेन्टहरु उपलब्ध गराएको थियो ।

सुपर सन्डे कार्यक्रम अन्तरगत भिसाका अप्वाइन्टमेन्टहरु खुला गरिएको थियो । त्यस अगाडि पनि जुलाईमा सुपर सन्डे कार्यक्रम अन्तरगत विदाका दिन आइतबार समेत अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी भिसाका लागि अन्तरवार्ता लिएको थियो ।

अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी भिसा आवेदकलाई विभिन्न ७ कागजातसहित अन्तरवार्तामा आउन सुझाव दिदै आएको छ । पासपोर्ट, अप्वाइन्टमेन्ट कन्फर्मेशन, आवेदकले हस्ताक्षर गरेको आई २० फर्म वा डीएस २०१९, सेभिज शुल्क तिरेको रिसिप्ट, पछिल्ला शैक्षिक प्रमाणपत्रहरु, दुईप्रति ६ महिनाभित्रको पासपोर्ट २ह्२ तस्वीर र डीएस १६० कन्फर्मेशन पेजसहित भिसा अन्तरवार्तामा आउन सुझाव दिइएको छ ।

अमेरिकी दूतावास काठमाडौंमा भिसाको अप्वाइन्टमेन्ट पाउन मुस्किल रहेको गुनासो आइरहँदा त्यसलाई सम्बोधन गर्न दूतावासले यो प्रयास गरेको हो । सुरुमा अप्वाइन्ट लिन चाहनेहरु र पछिको अप्वाइन्टमेन्ट अगाडि सार्न चाहनेहरुलाई पनि यो अवशर प्रदान गरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com