मे १ देखि अमेरिकामा एसाइलम आवेदनको नयाँ संस्करण अनिवार्य


प्रकाशित मिति : चैत्र २५, २०७९ शनिबार

मे १ देखि युएससीआईएसले एसाइलमको फर्म आई ५८९ को नयाँ संस्करण अनिवार्य गरेको छ । अक्टोबर १२, २०२२ को संस्करण मे १ देखि पूर्णरुपमा लागु गर्ने युएससीआईएसले स्पष्ट पारेको हो । नोभेम्बर १० मा युएससीआईएसले फर्मको नयाँ संस्करण प्रकाशित गरेको थियो ।

मे १ अगाडि भने जुन २६, २०२२ को संस्करण पनि प्रयोग गर्न सकिनेछ । संस्करणको मिति फर्मको पृष्ठको तल उल्लेख गरिएको हुन्छ भने त्यसको साथ फर्म भर्नका लागि दिशानिर्देशन समेत समावेश हुन्छ ।

अघिल्लो संस्करणहरूमा विभिन्न निर्देशनहरू समावेश छन् जुन पछिल्लो एसाइलमका नियमहरुसँगै प्रचलनमा रहेका छैनन् । त्यसैले यसबारे ध्यान दिन समेत सचेत गराइएको छ ।

फेब्रुअरी ७, २०२२ मा अमेरिकी अदालतले एसाइलमका दुई नियमहरू हटाएको थियो । ट्रम्प प्रशासनले सन् २०२० को जुन २२ र जुन २६ मा ल्याएको नियम फेब्रुअरी ८, २०२२ देखि लागु नहुनेगरी हटाइएको थियो । त्यसैले नयाँ संस्करण र पूरानो संस्करणका फर्म भर्दा दिशानिर्देशहरु फरक फरक रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेब्रुअरी ७ देखि लागु हुनेगरी युएससीआईएसले सन् २०२० को जुन अगाडिकै नियमका प्रावधानहरू लागू गरेको हो । फेब्रुअरी ८ मा पेन्डिङ रहेका वा त्यसपछि पछि प्राप्त भएका एसाइलम र वर्क परमिटका आवेदनमा सन् २०२० को जुन अगाडिनै नियम लागु हुनेछ । युएससीआईएसले अदालतको निर्णयलाई पालना हुनेगरी नयाँ फर्महरु ल्याएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com