रवि लामिछानेविरुद्धको मुद्दा सिन्हाको इजलासले हेर्न नमिल्ने भएपछि भोलिलाई तोकियो पेशी


प्रकाशित मिति : चैत्र २१, २०७९ मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट अनिलकुमार सिन्हाको इजलासले हेर्न नमिल्ने भएपछि अर्को पेशी भोलिका लागि तोकिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै मुद्दा हेर्न नमिल्नेमा राखेका थिए । त्यसपछि भोलिका लागि अर्को पेशी तोकिएको छ।

युवराज पौडेलले सोमबार दायर गरेको रिटमा मङ्गलवार प्रारम्भिक सुनुवाइको पेसी तोकिँदा त्यो न्यायाधीश सिन्हाको इजलासमा परेको थियो। रविको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुनिल पोखरेल पनि पुगेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com