उपनिर्वाचनका लागि रास्वपाका उम्मेद्वार, चितवन-२ मा लामिछाने, तनहुँ-१ मा वाग्ले र बारा-२ मा खरेल


प्रकाशित मिति : चैत्र १८, २०७९ शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । शनिबार पार्टी कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गर्दैरास्वपाले चितवन २ मा सभापति रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

आगामी वैशाख १० गते चितवन क्षेत्र नं. २, तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा निर्वाचन हुँदैछ । सर्वोच्च अदालतले गत मंसिर ४ को निर्वाचन चितवन– २ बाट विजयी हासिल गरेको रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ रिक्त बनेको छ । यस्तै, नेपाली कांग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ क्षेत्र नम्बर–१ रिक्त बनेको थियो भने बारा–२ मा निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि उक्त क्षेत्र पनि रिक्त छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com