आईआरएसको अडिटबाट बच्न ट्याक्स फाइल गर्दा यी ४ गल्तीहरु नगरौं


प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार

जबसम्म तपाईं उचित कागजातहरू राख्नुहुन्छ, आईआरएसबाट हुने अडिटका बारेमा चिन्ता  गर्नुपर्दैन । कर छुटहरू दाबी गर्दा तपाईंको रिटर्नमा अनुमान गर्नुको सट्टा सही संख्याहरू प्रयोग गर्न महत्त्वपूर्ण छ । तपाईले राउण्ड संख्याहरू राख्नुभएमा तपाईले अनुमान गरिरहनुभएको संकेत आइआरएसले पाउनेछ ।

उदाहरणका लागि यदि तपाइँ विज्ञापनको लागि ५ हजार डलर, कानुनी खर्चको लागि ३ हजार डलर र सहयोगका लागि २ हजार डलर जस्ता संख्या प्रयोग गर्नुभएको खण्डमा आईआरएसको प्रणालीमा तपाईले अनुमानित रकम हालेको संकेत जानसक्छ । र तपाई अडिटमा पर्न सक्नुहुनेछ ।

त्यस्तै तपाईले आफ्नो आम्दानी छुटाउनु हुँदैन । तपाईंको ट्याक्स रिटर्न तपाईले काम गरेका कम्पनीहरू र वित्तीय संस्थाहरूले रिपोर्ट गरेको आयसँग मिल्नुपर्छ । अन्यथा तपाईंले आईआरएसबाट बाट स्वचालित सूचना प्राप्त गर्नुहुनेछ । कहिलेकाँही तपाईको १०९९ आम्दानी छुट्न सक्छ । त्यसैले आम्दानीका सबै कागजात प्राप्त नहुँदासम्म तपाईले ट्याक्स फाइल गर्न पर्खनु पर्छ ।

अडिटमा पर्ने अर्को सम्भावित कारण क्रेडिट वा डिडक्सन दाबी गर्दा अस्वभाविक रकम दावी गर्नु हो । आम्दानीको तुलनामा धेरै उच्च रकम क्रेडिट वा डिडक्सन दावी गरेमा आईआरएसको प्रणालीले अडिटका लागि संकेत गर्छ । उदाहरणका लागि यदि तपाईंको आम्दानी ९० हजार छ तर परोपकारी काममा ६० हजार खर्च गर्नुभएको छ भने त्यसले आईआरएसमा अडिटका लागि संकेत पठाउनसक्छ ।

आईआरएसले फिर्ता योग्य क्रेडिटहरू पनि जाँच गरेको गर्छ, जसले क्रेडिट मूल्यले तिरेको करभन्दा बढी हुँदा पनि फिर्ता गर्न सक्छ।अर्नड इन्कम ट्याक्स क्रेडिटका सन्दर्भमा धेरै अडिटहरु हुने गरेका छन् । कम देखि मध्यम आय भएका कामदारहरूलाई लक्षित गरी अर्नड इन्कम ट्याक्स क्रेडिट दाबी गर्ने फाइलरहरूको लागि अडिट केही घटेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com