नवलपरासीको विनयी त्रिवेणीमा भेटिएको बेवारिसे ९ वटा बम निस्क्रिय पार्न सेना जाँदै


प्रकाशित मिति : चैत्र १२, २०७९ आईतबार

 

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे  अवस्थामा नौ वटा   बम फेला परेका छन् ।   बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए । बेवारिसे अवस्थामा फेला परेका  बमलाई निस्क्रिय पार्ने तयारी भइरहेको छ । बम फेला परेको स्थानमा राति नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर सुरक्षा दिइरहेको र बम निस्क्रिय पार्न नेपाली सेनाको टोली उक्त स्थानमा जादै छ ।

जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो । भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएममोटरको बम (गोला) हुन् । साथै पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट हुँदा एक सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गर्नुभयो ।  ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com