ईयूसहित ७० भन्दा बढी देशद्वारा अफगान महिला अधिकार र शिक्षाबारे चिन्ता व्यक्त


प्रकाशित मिति : चैत्र ६, २०७९ सोमबार

युरोपेली सङ्घ (ईयू) सहित ७० भन्दा बढी देशले अफगान महिला उनीहरूको अधिकार र शिक्षाबाट बञ्चित हुनुपरेको भन्दै यसप्रति चिन्ता व्यक्त गरेका छन् ।

तालिबानले देशमा महिलालाई दमन गर्ने र उनीहरूका मौलिक अधिकारलाई कुण्ठित गर्ने कार्य जारी राखेका बेला ईयूसहित ७० भन्दा बढी देशले उक्त चासो व्यक्त गरेका हुन् । यी प्रतिबन्धले अफगानिस्तानको आर्थिक, सामाजिक स्थायित्व र विकासलाई कमजोर बनाएको उनीहरूले बताएका खामा प्रेसले उल्लेख गरेको छ ।

‘खामा प्रेस’का अनुसार घरेलु तथा अन्तर्राष्ट्रिय गैरसरकारी समूहका लागि काम गर्ने अफगानी महिलामाथि लगाइएको प्रतिबन्धले लाखौं अफगानीलाई मानवीय सहायता प्राप्त गर्नबाट रोक्ने उनीहरूले जनाएका छन् ।

शिक्षा र महिलाका अन्य मौलिक अधिकारमाथिको प्रतिबन्धले समावेशी शासन व्यवस्था र मानव अधिकारको मान्यतालाई कमजोर बनाइरहेको विज्ञप्तिमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२१ को अगष्ट १५ देखि महिला र बालिकाको आवतजावतको स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको छ । यसले बालिकाहरूलाई माध्यमिक शिक्षामा भाग लिनबाट रोकेको छ, अधिकांश कार्यबलबाट बाहिर राखेको छ र सार्वजनिक पार्क, जिम र बाथरुमप्रयोग गर्न निषेध गरेको छ ।

अफगानिस्तानमा महिलाहरूलाई शिक्षा लिने अधिकारबाट बञ्चित गरिरहेको सन्दर्भमा हालै इस्लामिक सहयोग सङ्गठन ९ओआईसी० ले महिलाको शिक्षाको अधिकारबारे छलफल गर्न र शासनसँग काम गर्न विद्वानहरूको एक टोली पठाउने तयारी गरेको टोलोन्यूजले जनाएको छ ।

इस्लामिक सहयोग सङ्गठनका महासचिव हिसेन ब्राहिम ताहाले मौरिटानियामा इस्लामिक सहयोग सङ्गठनको बैठकको पहिलो दिन विद्वानहरूको टोलीको घोषणा गर्नुभएको छ ।

मार्च १६ र १७ मा मौरिटानियामा भएको ४९ औं ओसीआई बैठकमा करिब ४० देशले प्रतिनिधि पठाएको टोलोन्यूजले जनाएको छ ।

टोलोन्यूजका अनुसार अफगानिस्तानको इस्लामिक इमिरेट्सका प्रवक्ता जबीउल्लाह मुजाहिदले देशमा महिलामाथि अन्यायपूर्ण व्यवहार भइरहेको भन्ने दाबीको खण्डन गर्दै भन्नुभयो, “हामी महिलाका मुद्दालाई ध्यानमा राखेर शिक्षा र रोजगारीमा हाम्रा समस्याहरू समाधान गर्ने प्रयास गरिरहेका छौं । प्रयास जारी छ तर यसमा समय लाग्छ । यो समस्या चाँडै समाधान हुनेछ ।”

तालिबानले सन् २०२२ मार्च २३ मा सबै विद्यालयहरू खोल्ने वाचा गरेको थियो, तर त्यस दिन उनीहरूले फेरि एक पटक बालिकाहरूका लागि माध्यमिक संस्थाहरू बन्द गरेका छन् ।

तालिबान सरकारले यी विद्यालयहरू कहिले खुल्ने छन् वा प्रतिबन्ध अनिश्चितकालीन रहने छ भन्नेबारे अझै केही बताइएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com