अमेरिकी भिसा आवेदकले पेशगर्ने फोटोबारे नयाँ नियम अप्रिल ५ बाट


प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार

अमेरिकी विदेश मन्त्रालयले भिसा आवेदन प्रक्रियाको एक भागको रूपमा भिसा आवेदकहरूलाई आफ्नो फोटोहरू पेश गर्न सजिलो बनाउने नयाँ नियम घोषणा गरेको छ। अप्रिल ५ मा लागू हुने नियममा भिसा आवेदकहरूले फोटोहरु पेश गर्दा हस्ताक्षर गर्नुपर्ने प्रावधानलाई हटाइएको छ ।

नयाँ नियम अनुसार भिसा आवेदकहरूले अब आफ्नो फोटोको पछाडि हस्ताक्षर गर्न आवश्यक हुनेछैन। यसको सट्टा भिसा आवेदनमा गरिएको इलेक्ट्रोनिक वा बायोमेट्रिक हस्ताक्षरहरूलाई नै डिजिटल वा कागजमा पेश गरिएका सबै फोटोहरूमा गरिएको हस्ताक्षर मानिनेछ । फोटोको पछाडि नाम लेख्न वा हस्ताक्षर गर्न आवश्यक हुनेछैन ।

भिसा आवेदकहरूले इलेक्ट्रोनिक आवेदनहरू पेश गर्न र इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गर्न आवश्यक हुन्छ । तर तिनीहरूले विशेष आवश्यकताहरू पूरा गर्ने फोटो अपलोड गर्न असमर्थ भएको अवस्थामा भिसा अन्तरवार्ताका बेलामा कागजी फोटोहरू समेत पेश गर्न सक्नेछन् । तर हस्ताक्षर गर्न आवश्यक हुनेछैन ।

अमेरिकी दूतावास बंगालादेशमा अमेरिकाको विद्यार्थी भिसाका लागि अन्तरवार्ताको लाइनमा बसेका आवेदकहरु ।

अमेरिकी विदेशमन्त्रालयले श्यामश्वेत फोटोहरू पेश गर्न अनुमति दिने पुरानो भाषा पनि हटाएको छ । त्यो भाषा आउटडेटेड भएको र रंगीन फोटोहरू पेस गर्न नसकिने कुनै पनि देश नरहेकाले त्यसमा संसोधन गरिएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१९९० को दशकको अन्तदेखि अमेरिकी विदेश मन्त्रालयले भिसा निर्णय र जारी गर्ने प्रणाली र प्रक्रियाहरूको आधुनिकीकरण सुरु गरेको हो । त्यो पहलको अंशमा फोटो सङ्कलन प्रक्रिया डिजिटलाइजेसन गर्ने विषय समावेश थियो। यस अवधिमा कन्सुलर अधिकारीहरूले भिसा आवेदकहरूले उपलब्ध गराएको कागजी फोटोहरू स्क्यान गर्न थालेका थिए ।

सन् २०१० मा अमेरिकी विदेशमन्त्रालयले कागजमा आधारित आवेदन प्रक्रियाबाट इलेक्ट्रोनिक र अनलाइन आवेदन प्रक्रियामा परिवर्तन हुने घोषणा गरेको थियो । यही परिवर्तनको एक भागको रूपमा इलेक्ट्रोनिक हस्ताक्षर र बायोमेट्रिक हस्ताक्षर स्वीकार गर्नुका साथै अनलाइन डिजिटल फोटो समेत संकलन गर्न थालिएको थियो ।

अनलाइनबाट आवेदन दिनसकिने भएतापनि डिजिटल फोटो पेश गर्न सकिने प्रावधान भने बिस्तारै लागु गरिएको थियो । केहि दूतावासले अनलाइन आवेदनको एकै साथ डिजिटल फोटो पेश गर्न सकिने प्रावधान अपनाएका थिए भने केहीले डिजिटल फोटो सङ्कलनमा ढिलाइ गरेका थिए । सन् २०२१ सम्म लगभग सबै दूतावास र कन्सुलेटहरुले अनलाइनबाट गैरआप्रवासी भिसा आवेदन दिंदा डिजिटल फोटो सङ्कलन गर्न थालिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com