आजदेखि थप १५ सय डलर तिरेमा विद्यार्थी भिसावाहकको ‘ओपीटी वर्क परमिट’ ३० दिनभित्र


प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार

आजदेखि ओपीटी वर्क परमिटका लागि नयाँ आवेदन दिने र अवधि थपका लागि आवेदन दिने विद्यार्थी भिसावाहकलाई युएससीआईएसले शीघ्र प्रकृया सुविधा दिएको छ । मार्च ६ देखि लागु भएको यो सुविधा पहिले आवेदन पेन्डिङरहेकाहरुका सन्दर्भमा मात्र लागु हुनेछ । पहिलोपटक आवेदन दिनेहरुका हकमा भने अप्रिल ३ देखि शीघ्र प्रकृयाको सुविधा लागु हुनेछ ।

ओपीटी खोज्ने विद्यार्थीभिसावाहक र विज्ञान, प्रविधि, इन्जिनियरिङ्, र गणित विषयमा स्टीम ओपीटी थप गर्न खोज्ने विद्यार्थीहरूका सन्दर्भमा लागु हुने यो सुविधा अन्तरगत आवेदकले मार्च ६ भन्दा अगाडि पेन्डिङ वर्क परमिट आवेदन आई ७६५ बारे शीघ्र निर्णय गराउन अतिरिक्त १५ सय डलर तिरेर शीघ्र प्रकृया फर्म आई ९०७ बुझाउन सक्नेछन् । अहिले यो सुविधा ओपीटी सुरु हुनु अगाडि र समाप्त भएपछि र विज्ञान, प्रविधि, इन्जिनियरिङ्, र गणितका विद्यार्थीका लागि २४ महिना विस्तारका आवेदनमा लागु हुनेछ ।

अप्रिल ३ पछि भने नयाँ आवेदनका साथमा समेत आवेदकहरुले १५ सय डलर अतिरिक्त शुल्क तिरेर शीघ्र प्रकृयाको अनुरोध गर्न सक्नेछन् । शीघ्र प्रकृयाको आवेदन अनलाइन र हुलाकमार्फत दुईमध्ये एक विधिबाट दिन सकिन्छ । अनलाइनबाट आवेदन दिंदा शुल्क बुझाउन समेत सहज रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शीघ्र प्रकृयाको आवेदन दिइसकेपछि युएससीआईएसले आवेदनबारे ३० दिनभित्र निर्णय दिनेछ । ३० दिनभित्र निर्णय दिन नसकेका आवेदनहरुका सन्दर्भमा युएससीआईएसले शीघ्र प्रकृया शुल्क फिर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।

यस अगाडि युएससीआईएसले रोजगारमा आधारित पहिलो र दोश्रो वर्गीकरण अन्तर्गत फारम आई १४० मा शीघ्र प्रकृयाका लागि प्रिमियम प्रोसेस विस्तारको अन्तिम चरण घोषणा गरिसकेको छ । विस्तारको अघिल्लो चरणहरूमा पेन्डिङ आवेदनमा मात्र शीघ्र प्रकृया अनुरोध गर्ने अवशर दिइएकोमा नयाँ चरणमा नयाँ आवेदनमा पनि शीघ्र प्रकृया अनुरोध गर्न सकिने व्यवस्था गरेको थियो ।

विगतमा फाइल गरिएका र पेन्डिङ अवस्थामा रहेका बहुराष्ट्रिय कार्यकारी र प्रबन्धक वा उन्नत डिग्री भएका पेशाकर्मी वा नेशनल इन्ट्रेस्ट वेभर अन्तरगतका असाधारण क्षमता भएकाहरुबाट दायर गरिएका सबै फारम आई १४० निवेदनहरूमा शीघ्र प्रकृया अनुरोध गर्न सकिने व्यवस्था गरेको थियो ।

जनवरी ३०, २०२३ देखि युएससीआईएसले सबै पेन्डिङ ई १३ बहुराष्ट्रिय कार्यकारी र प्रबन्धक याचिकाहरू र ई २१ नेशनल इन्ट्रेस्ट वेभर याचिकाहरूमा शीघ्र प्रकृयाको अनुरोध स्वीकार गर्न सुरु गरेको थियो । साथै नयाँ फाइल गरिने ई १३ बहुराष्ट्रिय कार्यकारी र प्रबन्धक याचिकाहरू र ई २१ नेशनल इन्ट्रेस्ट वेभर याचिकाहरूमा शीघ्र प्रकृयाको अनुरोध स्वीकार गर्न सुरु गरेको थियो ।

पहिले घोषणा गरिएझैं युएससीआईएसले दक्षता बढाउन र समग्र कानूनी अध्यागमन प्रणालीमा बोझ कम गर्ने प्रयासको एक भागको रूपमा अतिरिक्त आवेदनका प्रकारहरूमा प्रिमियम प्रोसेस विस्तार गर्ने जनाएको छ ।

प्रिमियम प्रोसेसको विस्तारलाई चरणबद्ध कार्यान्वयन गर्ने क्रममा निकट भविश्यमा गैर आप्रवासी भिसा थप वा परिवर्तनको आवेदन आई ५३९ मा समेत शीघ्र प्रकृया अनुरोध गर्न सक्ने व्यवस्था गर्ने युएससीआईएसले जनाएको छ । त्यसै क्रममा आगामी मे महिनामा आई ५३९ पेन्डिङ रहेका निश्चित विद्यार्थीहरु र एक्सचेन्ज भिजिटरलाई शिघ्र प्रकृयाको अनुरोध गर्न सक्ने सुविधा दिइनेछ भने जुन महिनामा नयाँ आई ५३९ फाइल गर्ने निश्चित विद्यार्थीहरु र एक्सचेन्ज भिजिटरलाई यो सुविधा दिइनेछ ।

यी चरणहरू कार्यान्वयन गर्न तयार भएपछि यसको औपचारिक घोषणा गरिने युएससीआईएसले जनाएको छ । प्रिमियम प्रोसेसको विस्तारले नियमित आवेदन प्रकृयामा लैजान ढिलो नगर्ने युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com