अब अमेरिकाको विद्यार्थी भिसा पढाई सुरु हुनुभन्दा ३६५ दिन अगाडिसम्म पाउन सकिने


प्रकाशित मिति : फाल्गुन २०, २०७९ शनिबार

अब अमेरिकाको विद्यार्थी भिसा पढाई सुरु हुनुभन्दा ३६५ दिन अगाडिसम्म जारी गर्न सकिनेगरी अमेरिकी विदेश मन्त्रालयले नयाँ नीति ल्याएको छ । अब एफ र एम भिसामा अमेरिका आउन चाहने विद्यार्थीहरूले आई २० मा उल्लेख भएको पढाई सुरु हुने मिति भन्दा ३६५ दिन अगाडि सम्म भिसाका लागि आवेदन दिन र भिसा प्राप्त गर्न सक्नेछन् ।

यसभन्दा अगाडि अमेरिकामा अध्ययन गर्न चाहने विद्यार्थीहरूले आई २० मा उल्लेख पढाई सुरु हुने मितिभन्दा १२० दिनभित्रमात्र भिसा अन्तर्वार्ताको अप्वाइन्टमेन्ट लिनसक्ने प्रावधान रहेको थियो । तर अब यो प्रावधानलाई ३६५ दिन बनाइएपछि विद्यार्थी भिसामा आउन चाहनेहरुलाई निकै सहज हुने अपेक्षा गरिएको छ ।

तर पढाई सुरु हुनुभन्दा बढीमा ३० दिन अगाडिमात्र अमेरिका प्रवेश गर्न पाइने नियममा भने कुनै परिवर्तन गरिएको छैन । पढाई सुरु हुनुभन्दा ३६५ दिन अगाडिसम्म भिसा पाएतापनि अमेरिका प्रवेश भने पढाई सुरु हुनुभन्दा बढीमा ३० दिनभित्र गर्नुपर्नेछ । नयाँ घोषणाले विद्यार्थीहरूलाई उनीहरूको विद्यार्थी भिसाको लागि आवेदन दिन र अन्तर्वार्ता मितिहरू खोज्न थप समय दिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै आई २० फारम पनि अब पढाई सुरु हुने मिति भन्दा बाह्र देखि चौध महिना अगाडि जारी गरिनेछ। यस अगाडि आई २० फारमहरू शैक्षिक संस्थाहरूले पढाई सुरु हुने मिति भन्दा चार देखि छ महिना अघिसम्ममात्र जारी गर्न सक्थे, ६ महिनाभन्दा अगाडि जारी गर्न नसक्ने प्रावधान रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com