कलाकार वा चलचित्र/टेलिभिजन उद्योगमा काम गर्नेका लागि अमेरिकी भिसा ‘ओ’को मापदण्ड अपडेट


प्रकाशित मिति : फाल्गुन २०, २०७९ शनिबार

अमेरिकाको युएससीआईएसले कलामा असाधारण क्षमता भएका र चलचित्र वा टेलिभिजन उद्योगमा असाधारण उपलब्धि हासिल गरेकाहरूका लागि एक्सट्राअर्डिनरी भिसा ओ वान बी भिसाको योग्यता निर्धारण गर्न प्रमाणहरू कसरी मूल्याङ्कन गर्छ भन्नेबारे स्पष्ट गर्दै नीति निर्देशिका जारी गरेको छ। अमेरिकाको आप्रवासन र राष्ट्रियता ऐन अन्तर्गत ओ श्रेणीको भिसा विज्ञान, कला, व्यवसाय, शिक्षा, र एथलेटिक्समा असाधारण क्षमता र रेकर्ड भएका व्यक्तिहरू तथा चलचित्र वा टेलिभिजन उद्योगमा असाधारण उपलब्धि हासिल गरेकाहरुका लागि उपलब्ध रहेको छ ।

अपडेट गरिएको सेक्सन यहाँ हेर्न सक्नुहुनेछ ।

नीति अपडेट अनुशार परिशिष्टमा एउटा चार्ट समावेश गरिएको छ जसले ओ वान बी श्रेणीको भिसा पाउन कस्ता प्रमाणहरू आवश्यक पर्छ भन्नेबारे उदाहरणहरू वर्णन गर्दछ । भिसा पाउनका लागि प्रमाणको मापदण्डहरू कस्तो हुने भन्नेबारे पनि अपडेट गरिइको छ । चार्टले निवेदकहरूलाई उपयुक्त प्रमाण पेश गर्न मद्दत गर्दछ जसले आवेदकको योग्यता स्थापित गर्न सक्छ। यो नीति निर्देशिकाले युएससीआईएसका अधिकारीहरुलाई सही तरिकाले आवेदनबारे निर्णय गर्नका लागि समेत सहयोग गर्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कला क्षेत्रमा असाधारण योग्यता प्रमाणित गरेर ओ वान बी भिसा लिनका लागि आवेदकले महत्त्वपूर्ण राष्ट्रिय वा अन्तर्राष्ट्रिय पुरस्कार वा पुरस्कार प्राप्त गरेको प्रमाण समावेश गर्नुपर्छ वा अन्य आधा दजर्न मध्ये कम्तीमा तीनवटा प्रमाणका मापदण्ड पूरा गर्नुपर्छ । ती ६ वटा मापदण्ड पूरा गर्न कस्ता कस्ता प्रमाणहरु पेश गर्न सकिने भन्नेबारे युएससीआईएस थप प्रष्ट पारेको छ ।

विज्ञान, शिक्षा, व्यापार, वा खेलकुदमा असाधारण क्षमता भएकाहरुलाई पनि ओ वान ए भिसा उपलब्ध गराइन्छ । तर युएससीआईएसको नयाँ अपडेट भने ओ वान बी भिसाका सन्दर्भमा हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com