बाइडेनको नयाँ नियम लागु भएपछि अमेरिकामा यस्तो हुनेछ एसाइलम प्रकृया


प्रकाशित मिति : फाल्गुन १४, २०७९ आईतबार

Migrants wait for their turn to have a Border Patrol agent write down their information in Eagle Pass, Texas on December 20, 2022. – The US Supreme Court on december 19, 2022, halted the imminent scrapping of a key policy used since former US President Donald Trump’s administration to block migrants at the southwest border, amid worries over a surge in undocumented immigrants. An order signed by Chief Justice John Roberts placed a stay on the removal planned for December 21 of Title 42, which allowed the government to use Covid-19 safety protocols to summarily block the entry of millions of migrants. (Photo by VERONICA G. CARDENAS / AFP)

बाइडेन प्रशासनले हालै एक प्रस्तावित नियमको घोषणा गरेको छ । जसले दक्षिणपश्चिम सीमाना हुँदै अमेरिका आउने ठूलो संख्यामा आप्रवासीहरुका लागि शरणमा पहुँच हटाउनेछ।

फेब्रुअरी २१ मा घोषणा गरिएको नियमले वयस्क र परिवारहरूका लागि एसाइलममा नयाँ प्रतिबन्ध सिर्जना गर्नेछ । बाटोमा पर्ने देशमा शरणको लागि आवेदन नगरी अमेरिका आउनेहरुको शरण अस्वीकार गर्नसक्ने अवस्था आउनसक्छ ।

यदि तपाइँ क्युबा, हाइटी, निकारागुआ, युक्रेन वा भेनेजुएलाको नागरिक हुनुहुन्छ भने र तपाइँ अनियमित रूपमा पनामा वा मेक्सिकोमा प्रवेश गर्नुभएको छैन भने तपाईले अमेरिकामा मानवीय प्यारोलको लागि आवेदन दिन सक्नुहुनेछ । तर त्यसका लागि तपाईंसँग अमेरिकामा पर्याप्त पैसा कमाउने स्पोन्सर हुनुपर्छ । साथै तपाईसँग हवाई भाडाको लागि नगद, राहदानी आवश्यक हुनेछ । तपाईले त्यसका लागि केही समय पर्खनुपर्ने पनि हुन्छ । यो प्रकृयामार्फत तपाई बैधरुपमा अमेरिका आउन र २ बर्ष काम गर्न पाउनुहुनेछ ।

तर यदि तपाई क्युबा, हाइटी, निकारागुआ, युक्रेन वा भेनेजुएलाको नागरिक हुनुहुन्न भने तपाई एसाइलमका लागि मेक्सिकोको सिमाक्षेत्र जानुपर्ने हुन्छ । यदि तपाई मेक्सिकोमा केही समक्ष सुरक्षित बस्न सक्ने र पोर्ट अफ इन्ट्रीसम्म जानसक्ने वातावरण छ भने तपाई त्यहाँ रहेर सीबीपीको सीबीपी वान एप्लीकेशन डाउनलोड गरेर पोर्ट अफ इन्ट्रीमा अप्वाइन्टमेन्ट लिन सक्नुहुनेछ । त्यसपछि तपाई सामान्य एसाइलम प्रकृयामा जान सक्नुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर तपाईसँग अप्वाइन्टमेन्टसम्म कुर्ने धैर्यता, समय र खर्च छैन भने तपाई सिधै सिमा पार गरेर एसाइलमका लागि दावी गर्न सक्नुहुनेछ । तपाई अमेरिकी जमिनमा प्रवेश गरेपछि तपाईलाई अमेरिकाका सुरक्षा अधिकारीहरुले पक्राउ गरेपछि एसाइलमको प्रकृया सुरु हुन्छ ।

त्यसपछि तपाईले एसाइलम अधिकारीसँग तपाईंको क्रेडिबल फियर अन्तर्वार्ताको लागि पर्खनुपर्छ । सुरुमा तपाईंले किन एप्लीकेशनबाट अप्वाइन्टमेन्ट लिन सक्नुभएन भन्नेबारे कारण पेश गर्न सक्नुपर्छ । यदि तपाईले एप्लीकेशनमा गम्भीर अवरोधको कारणले सीबीपी वान एप्लीकेशन प्रयोग गर्न असमर्थ प्रमाणित गरेमा तपाइको प्रकृया अगाडि बढ्छ । र क्रेडिबल फियर अन्तरवार्ताका साथमा सामान्य शरण प्रकृया सुरु हुन्छ ।

त्यसपछिको प्रकृया भने अप्वाइन्टमेन्ट लिएर आउने र नआउनेहरुका सन्दर्भमा एउटै हुन्छ । यो विन्दुमा एसाइरुलम अधिकारीले तपाई अमेरिकामा आउनु अघि बाटोमा पर्ने अर्को देशमा शरणको लागि आवेदन दिनुभएको थियो वा थिएन भनेर सोध्छन् । साथै अस्वीकार गरिएको थियो वा थिएन भनेर सोध्छन् । तपाईले आवेदन दिनुभएको थियो र अस्वीकार भएको थियो भने तपाईको एसाइलम प्रकृया अगाडि बढ्नसक्छ । थिएन भने तपाई यो बिन्दुमा एसाइलमका लागि अयोग्य पनि हुनसक्नुहुन्छ ।

यो बिन्दुमा एसाइलम अधिकारीहरुले तपाईलाई बाटोमा पर्ने देशमा एसाइलम नगरेका कारण हुने अयोग्यताका लागि छुट दिने नदिने निर्धारण गर्नेछन् । यदि छुट दिने निर्धारण गरेमा तपाईको एसाइलम प्रकृया अगाडि बढ्छ । यदि तपाइँ तीव्र चिकित्सा संकटमा भएको, आसन्न र चरम खतरामा रहेको वा गम्भीर रूपमा तस्करीमा पर्नुभएको विषयमा अधिकारीलाई सन्तुष्ट पार्न सकेको खण्डमा तपाईले छुट पाउनसक्नुहुन्छ । तर सन्तुष्ट पार्न नसकेमा तपाईको देशनिकालाको प्रकृया सुरु हुन्छ ।

तपाईले छुट पाउनुभएको खण्डमा तपाईको क्रेडिबल फियर अन्तरवार्ता हुन्छ । यो अन्तर्वार्ता सामान्य एसाइलम स्क्रिनिङ अन्तर्वार्ता जस्तै अगाडि बढ्नेछ, जसमा तपाईंको गृह देशमा उत्पीडनको सामना गर्नुपरेको प्रश्नहरू र तपाईं किन फर्कन डराउनुहुन्छ भन्ने प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिन सक्नुपर्छ । तपाई क्रेडिबल फियर अन्तरवार्तामा सफल हुनुभएमा तपाईलाई एसाइलमको अन्तिम अन्तरवार्ता लिइन्छ । असफल हुनुभएमा तीब्र गतिको देशनिकालामा राखिन्छ । यो बिन्दुमा तपाईले न्यायाधिस समक्ष अपिलको अनुरोध समेत गर्न सक्नुहुनेछ ।

क्रेडिबल फियर अन्तरवार्ता सफल भइसकेपछिको अन्तिम एसाइलम अन्तरवार्तामा पनि सफल भएमा अमेरिकामा बस्न अनुमति दिइन्छ र तपाईले ग्रिनकार्डका लागि आवेदन दिन सक्नुहुनेछ । तर असफल भएमा तपाईको केस अध्यागमन अदालतमा रिफर गरिन्छ । न्यायाधीशले एसाइलम अधिकारीसँग तपाईंको अन्तर्वार्ताको ट्रान्सक्रिप्टको समीक्षा गर्छन् । र तपाईंले आवेदनको छुट्टै समिक्षा पनि गर्छन् । यदि तपाई योग्य भएमा तपाईको आवेदन अगाडि बढ्छ । र, अदालतबाट सुनुवाईको मिति पाउनुहुनेछ । अयोग्य भएमा देशनिकाला हुन्छ ।

यी जानकारीहरु कानुनी सल्लाह होइनन् । नियम प्रस्तावित अवस्थामा रहेकाले अन्तिम नियम के हुन्छ अहिले नै भन्न सकिन्न । तर प्रस्तावित नियमका आधारमा यी सामान्य जानकारीमात्र हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com