बाइडेनको एसाइलमको नयाँ नियमले कस्तो असर गर्छ? कस्लाई छुट दिइनेछ?
प्रकाशित मिति : फाल्गुन ११, २०७९ बिहीबार
CIUDAD JUAREZ, MEXICO – DECEMBER 21: Texas National Guard soldiers stand guard behind concertina wire at the U.S.-Mexico border on December 21, 2022 as seen from Ciudad Juarez, Mexico. Texas Governor Greg Abbott ordered 400 troops to the U.S.-Mexico border at El Paso, which is under a state of emergency due to a surge of migrants crossing from Mexico into the city. Border officials expect an even larger migrant surge at the border if the pandemic era Title 42 regulation is lifted. John Moore/Getty Images/AFP (Photo by JOHN MOORE / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोनाभाइरस महामारीसँग सम्बन्धित नियमहरूको अन्त्यको तयारी गर्दैछ जसले एसाइलम खोज्दै अमेरिका प्रवेश गर्ने क्षमतालाई गम्भीर रूपमा सीमित गरेको छ । तर बाइडेन प्रशासनले एसाइलमबारे एक नियम प्रस्ताव गरेको छ जसले सिमाक्षेत्रमा कसले एसाइलम दावी गर्नसक्छ भन्ने योग्यतालाई नाटकीय रूपमा परिवर्तन गर्न सक्छ ।
मंगलबार घोषणा गरिएको यो प्रस्तावित नियम औपचारिक रूपमा बिहीबार प्रकाशित भएको छ । यसले सामान्यतया उनीहरूले पार गरेको देशमा एसाइलमका लागि आवेदन नदिइकनै अमेरिका आउन खोज्ने आप्रवासीहरूलाई एसाइलम दिन अस्वीकार गर्दछ । नियमले सामान्यतया अमेरिका आउन चाहने आप्रवासीहरुलाई कानूनी, सुरक्षित र व्यवस्थित मार्गहरू प्रयोग गर्न प्रोत्साहित गर्छ । जस्तै स्मार्टफोन एप मार्र्फत एसाइलम अप्वाइन्टमेन्ट लिन वा देश सम्बन्धित मानवीय प्यारोल कार्यक्रमहरू मार्फत शरणको लागि आवेदन दिन प्रोत्साहित गर्छ । यो नियममा बालबालिकाहरूलाई भने छुट दिइनेछ ।
यसले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका केही खराब नीतिहरू पुन उत्पादन गरिरहेको आलोचकहरु बताउँछन् । ट्रम्पले आप्रवासनलाई सीमित गर्न धेरै तरिकाहरू प्रयास गरेका थिए । आलोचकहरुले यो प्रस्तावलाई ट्रम्पले प्रयास गरेको दुईवटा कुराको मिश्रण बताएका छन् । मानिसहरूलाई पोर्ट अफ इन्ट्रीबाहेक अन्य क्षेत्रबाट अमेरिका प्रवेश गर्न रोक लगाउने र यदि अमेरिका आउनखोज्ने आप्रवासीले बाटोमा पर्ने देशमा शरणका लागि आवेदन नदिएमा अमेरिकामा शरणका लागि अयोग्य बनाउने दुई नियमको मिश्रण भएको आलोचकहरुले बताएका छन् ।
तर बाइडेनको प्रस्ताव र ट्रम्पको ट्रान्जिट नियम बीचमा सबैभन्दा ठूलो भिन्नता भनेको ट्रम्पको नियमको अधीनमा मानिसहरू शरणका लागि स्वतः अयोग्य थिए भने बाइडेन प्रस्ताव अन्तर्गत शरणका लागि अयोग्य हुने आधारमा रुपमा मात्र रहेको छ । र केही अपवादहरूलाई अनुमति दिइएको छ। ती अपवादहरूलाई साँघुरो रहेका छन् । र अमेरिकी कानूनले मानिसहरूलाई सीमाक्षेत्रमा आइसकेपछि शरणको लागि आवेदन दिन अनुमति दिन्छ।

बाइडेन प्रशासन के भन्छ ?
बाइडेन प्रशासनले यस नियमलाई टाइटल ४२ भनिने महामारीकालिन प्रतिबन्धहरूको अन्त्यपछिका लागि आवश्यक उपकरणको रूपमा वर्णन गरेको छ । टाइटल ४२ महामारीको फैलावटलाई सीमित गर्न कोरोना महामारीको शुरुवातमा लगाइएका अध्यागमन प्रतिबन्धहरूको लागि ल्याइएको थियो ।
एक पटक टाइटल ४२ हटेपछि सीमा अधिकारीहरू र दक्षिणी सीमामा अमेरिका प्रवेश गर्ने प्रयास गर्ने आप्रवासीहरू बीचको दैनिक मुठभेडहरू १३ हजारसम्म बढ्न सक्ने बाइडेन प्रशसानको अनुमान छ । २०१४ देखि २०१९ का बीचमा दैनिक १६ सयका हाराहारीमा मुठभेड हुदै आएका थिए । नयाँ नियम लागु नभए विना भिसा अमेरिका आउन खोज्नेहरुको संख्यामा उल्लेखनीय रूपमा वृद्धि हुने र अमेरिकाको अध्यागमन कानून सुरक्षित, प्रभावकारी र मानवीय रूपमा लागू गर्न समस्या हुने बाइडेन प्रशासनको भनाई छ ।
नयाँ नियम अस्थायी हुने र दुई वर्षसम्म मात्र लागु हुने बाइडेन प्रशासनको तर्क छ । बाइडेन प्रशासनले आप्रवासीहरुलाई अमेरिकामा पुग्नको लागि कानुनी मार्गहरू प्रस्ताव गरिरहेका छन् । जनवरीमा घोषणा गरिएको एउटा कार्यक्रम अन्तरगत क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकलाई अमेरिका आउनका लागि कानुनीबाटो प्रदान गर्छ ।
यी चार देशहरुबाहेक अरु देशका आप्रवासीको के हुने ?
क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकलाई अमेरिका आउनका लागि कानुनीबाटो प्रदान गर्नु सकारात्मक भएको आप्रवासी अधिकारकर्मीहरु बताउँछन् । तर यसले अन्य देशका आप्रवासीहरूका सन्दर्भमा भने चिन्ता खडा गरेको छ । नेपाल लगायतका देशका आप्रवासीहरुका सन्दर्भमा पनि थप कुनै स्पष्ट व्यवस्था छैन ।
नयाँ नियमले यी चारदेशका स्रोतहरू भएका मानिसहरूलाई फाइदा पुग्छ, जसले अमेरिकामा स्पोन्सर खोज्न र अमेरिकाको लागि विमान टिकट किन्न सक्छन् । तर केही व्यक्तिहरू यति जोखिममा छन् किन उनीहरूले आफ्नो देशमा मानवीय प्यारोल पालोका लागि पर्खन सक्दैनन्। साथै स्पोन्सर खोज्न र अमेरिका आउने टिकट किन्न समेत सक्दैनन् । आलोचकहरूले एपमा प्राविधिक समस्याहरू भएको पनि बताउदै आएका छन् ।
नयाँ नियमले सामान्यतया बाटोमा पर्ने देशमा एसाइलम आवेदन नदिई सिधै अमेरिका आउने आप्रवासीहरूलाई शरण दिन अस्वीकार गर्नेछ । यो नियमले पश्चिमी गोलार्धका अन्य देशहरूमा कानुनी आप्रवासन सुधार गर्न अमेरिकाले गरेको कामलाई हाइलाइट गर्दछ । र मेक्सिको, बेलीज, कोस्टारिका, कोलम्बिया र इक्वेडरमा शरणार्थी सफलताहरूलाई हाइलाइट गर्दछ। मेक्सिकनहरु अमेरिकामा शरणा पाउनेमा विश्वमा नै अगाडि छन् । इक्वेडरले हाल संकटग्रस्त भेनेजुएलाबाट विस्थापित ५ लाख भन्दा बढी मानिसहरूलाई आश्रय दिइरहेको छ । तर आप्रवासी अधिकारकर्मीहरु तर्क गर्छन् कि अन्य देशहरूले अमेरिकाले जस्तै सुरक्षा प्रदान गर्दैनन्।

यसमा मेक्सिकोको भूमिका के हुन्छ ?
अमेरिका र मेक्सिकोबीच लगभग २ हजार माइल लामो दक्षिणी सिमाना रहेको छ । प्रत्येक वर्ष दक्षिणी सिमानामा शरण लिन खोज्ने लाखौं मानिसहरूले मेक्सिकोको कम्तिमा पनि केही भाग भएर अमेरिका आउनु पर्छ। यसको मतलब अमेरिकाले मानिसहरूलाई अमेरिका प्रवेश गर्नबाट रोक्न चाहन्छ भने मेक्सिकोको सहयोग आवश्यक हुन्छ ।
अमेरिकाले एक पटक टाइटल ४२ समाप्त भएपछि तेस्रो देशका नागरिकहरूको फिर्ती स्वीकार गर्नेगरी नयाँ नियम लागु गर्नका लागि मेक्सिको सरकार र अन्य विदेशी साझेदारहरूसँग नजीकको परामर्शमा रहेको बताएको छ । मेक्सिको सरकारले जनवरीमा चार देशका नागरिकहरूलाई फिर्ता लिन थालेको निर्णय पनि नयाँ नियमका लागि सहयोगी भएको बाइडेन प्रशासनको भनाई छ ।
हालसम्म मेक्सिकोले प्रस्तावित नयाँ नियममा टिप्पणी गरेको छैन। यो नियमले मेक्सिकनहरूलाई असर गर्दैन किनभने उनीहरूले आउन अर्को देश पार गर्नुपर्दैन।
अब के हुन्छ ?
यो नियम बिहिबार प्रकाशित भइसकेको छ । यो अन्तिम नियम हुनु अगाडि ३० दिनको कमेन्ट अवधि रहेको छ । नियम तब लागू हुन्छ जब टाइटल ४२ नामको महामारीकालिन नियम हट्छ। त्यो नियम मे ११ मा हट्ने भएकाले नयाँ नियम त्यहीबेला लागु हुने अपेक्षा छ ।
यद्यपी रिपब्लिकन झुकाव भएका राज्यहरूले मुद्दा हालेका कारण टाइटल ४२ नियम मे ११ मा समाप्त हुने ग्यारेन्टी छैन । बाइडेन प्रशासनले नयाँ नियम लागु गरेपछि आप्रवासी अधिकारकर्मीहरुले मुद्दा हाल्ने संकेत गरेका छन्। सामान्यतया अन्य नियमका लागि ६० दिनको कमेन्ट अवधि राखिने भएतापनि यो नियममा ३० दिनको कमेन्ट अवधि राखिएकाले प्रस्तावित नियममा फेरबदल हुने संकेत भने देखिन्न ।






