नेपालबाट एकबर्षमा ४४ जना अमेरिकन नागरिक देशनिकाला


प्रकाशित मिति : फाल्गुन १०, २०७९ बुधबार

नेपालका अध्यागमन अधिकारीहरूले सन् २०२२ मा नेपालबाट ४४ जना अमेरिकनलाई देशनिकाला गरेका छन् । उनीहरुलाई तोकिएको अवधिसम्म नेपाल फर्कन नपाउनेगरी निष्कासन गरिएको जनाइएको छ ।

२०२२ मा सबैभन्दा धेरै चीनका नागरिकहरु १९० जनालाई देशनिकाला गरिएकोमा दोश्रोमा अमेरिकन नागरिकहरुलाई देशनिकाला गरिएको हो । देशनिकालामा पर्नेहरुमा बेलायतका ३०, फ्रान्सका १९ र क्यानडाका १७ जना रहेका छन् ।

निष्कासन गरिएकामध्ये अधिकांश भिसा नलिइकन वा भिसा अवधि सकिएपछि नवीकरण नगरिकन नेपालमा बसिरहेका विदेशी नागरिक रहेको अध्यागमन अधिकारीहरुले बताएका छन् । विभिन्न अपराधमा सजाय पाएका विदेशीलाई पनि फिर्ता पठाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२२ मा नेपालबाट कुल ५६४ जना विदेशी नागरिकहरू निष्कासनमा परेकोमा ५०४ जना भिसा अवधि सकिएर पनि नेपालमा विनाभिसा बसोबास गरिरहेका र ६० जना विभिन्न अपराधमा सजाय पाएका व्यक्तिहरू रहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com