आवेदनमा ३५ बर्ष अगाडिको विवरण ढाँटेको भन्दै अमेरिकी नागरिकता खोसेर देशनिकाला


प्रकाशित मिति : फाल्गुन ८, २०७९ सोमबार

एल साल्भाडोरमा ३५ बर्ष अगाडि गृहयुद्धको क्रममा एक सैनिक अधिकारीको रूपमा मानवअधिकार उल्लङ्घनमा संलग्न भएको आरोपमा एक व्यक्तिको अमेरिकी नागरिकता खोसेर देश निकाला गरिएको छ। ६० बर्षका अर्नोल्डो एन्टोनियो भास्क्वेज एल साल्भाडोरको सेनामा पूर्व सेकेन्ड लेफ्टिनेन्ट थिए ।

गैरकानूनी रूपमा अमेरिकी नागरिकता प्राप्त गरेको अभियोगको परिणाम स्वरुप उनको नागरिकता खोसेर यस महिना उनको जन्मभूमि एल साल्भाडोरमा फिर्ता पठाइएको छ । युद्ध अपराध र मानवअधिकारको उल्लंघनबारे केन्द्रीत आइसको एकाइद्वारा अनुसन्धान गरेर अभियोजन तयार पारिएको थियो । र डिपार्टमेन्ट अफ जस्टिसका वकिलहरूले मुद्दा दायर गरेका थिए ।

भास्क्वेज सन् १९९९ मा कानुनी हैसियतमा टेक्सास आएका थिए । त्यसपछि उनी सन् २००४ मा अंगीकृत अमेरिकी नागरिक बने। उनी आफ्नो परिवारसँग टेक्सासको प्लानोमा बस्दै आएका थिए।

राजधानी शहरबाट करिब २५ माईल टाढा रहेको गाउँ सान सेबास्टियन नजिकै १० निहत्था साल्भाडोरन नागरिकको सन् १९८८ मा भएको नरसंहारमा संलग्न भएको अभियोगमा उनी त्यतीबेला गिरफ्तार भएका थिए भने हिरासतमा पनि राखिएको थियो । तर उनले उक्त कुरा अमेरिकी ग्रिनकार्ड र नागरिकता लिंदा खुलासा गरेका थिएनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो घटना ७५ हजारको ज्यान गएको १२ बर्षे गृहयुद्धका क्रममा भएको थियो । साथै साल्भाडोरन सरकारले सन् १९९० मा उनीमाथिका आरोपहरू खारेज थियो । जसका कारण भास्क्वेज विरुद्ध अमेरिकी सरकारले संघीय अदालतमा सिभिल मुद्दा हारेको थियो । तर पछि सरकारले ५ औं सर्किट अदालतमा पुनरावेदन गरेपछि मुद्दा जितेको थियो ।

woman in gold dress holding sword figurine

पुनरावेदनको रायमा न्यायाधीशहरूले यद्यपि भास्क्वेजले नागरिकहरूलाई गोली हान्न अस्वीकार गरेको हुनसक्ने भएतापनि गृहयुद्धको समयमा गैर न्यायिक हत्याको आयोगमा सहायता गरेको उल्लेख गरेका थिए । जसका कारण अमेरिकी नागरिकताका लागि उनी वैधानिक रूपमा अयोग्य रहेको अदालतले ठहर गरेको थियो ।

सन् २०१८ मा संघीय अदालतमा मुद्दाका क्रममा भास्केजले आफूलाई उच्च अधिकारीले हत्या गर्ने आदेश दिएपनि आदेश नमानेको बताएका थिए । उनले सान सेबास्टियन नजिक कसैलाई पनि नमारेको र मृत्युदण्ड स्थलमा आफू नरहेको बताएका थिए ।

सन् १९८९ मा तत्कालीन अमेरिकी उप राष्ट्रपति डान क्वेलले एल साल्भाडोरको भ्रमण गरेका थिए । उनले भास्केज सहित तीन अधिकारीहरूलाई नरसंहारमा उनीहरूको भूमिकाको लागि अनुसन्धान गर्न आग्रह गरेका थिए ।

अदालतमा सुनुवाईका क्रममा भास्केजले नागरिकताको आवेदनमा रहेको प्रश्नमा झुठो बोलेको विषय केन्द्रीत गरिएको थियो । के तपाईलाई कुनै कारणले कानून प्रवर्तन अधिकारीबाट पक्राउ गरिएको वा हिरासतमा लिइएको थियो ? भन्ने प्रश्नमा उनले झुठो जवाफ दिएका थिए ।

भास्क्वेजले उक्त प्रश्न अमेरिका भित्र गिरफ्तार हुनेका लागि लागू गरिएको ठानेको बयान दिएका थिए । उनले नागरिकता आवेदनमा डलास क्षेत्रमा तीन ट्राफिक टिकटहरू पाएको भने स्वीकार गरेका थिए ।

भास्क्वेजले बारम्बार अदालतको दोभाषे मार्फत भने कि उनी एल साल्भाडोरमा हिरासतमा वा जेलमा परेका थिएनन्। यसको सट्टा उनी सान सेबास्टियन हत्याको अनुसन्धानको क्रममा सैन्य क्वार्टरमा थुनिएको तर उनी घुम्न र जिम जान र मेस हलमा खाना खान सक्षम रहेको बताएका थिए ।

जब भास्क्वेजले अमेरिकी नागरिकताको लागि आवेदन दिए, उनको पृष्ठभूमि अधिकारीहरूलाई असल नैतिक चरित्र र नागरिकताको लागि योग्य भए नभएको निर्णय गर्न मद्दत गर्ने मुख्य विषय थियो। उनी सन् १९९९ मा आप्रवासी भिसामा अमेरिका आएका थिए । उनले आफ्नी श्रीमतीमार्फत ग्रिनकार्ड पाएका थिए । उनकी श्रीमती अमेरिकी नागरिककी छोरी हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com