गैरकानूनी उपस्थीतिपछि अमेरिकाभित्रै १० बर्ष विताएकाहरुले ग्रिनकार्ड पाउन अमेरिका छाड्नु नपर्ने


प्रकाशित मिति : फाल्गुन ७, २०७९ आईतबार

अमेरिकामा गैरकानूनी उपस्थीतिका कारण अमेरिकामा स्वीकार्य हुनका १० बर्षसम्मको प्रतिबन्ध लागेका आप्रवासीहरु अब उक्त अवधिभर अमेरिकाबाहिर बस्न अनिवार्य नहुने भएको छ । अब उनीहरुले उक्त अवधि अमेरिकाभित्रै विताएको भएतापनि त्यसपछि ग्रिनकार्डका लागि योग्य हुनसक्ने फैसला बोर्ड अफ इमिग्रेशन अपिलले गरेको छ ।

यस अगाडिसम्म गैर कानूनी उपस्थीतिका कारण ३ देखि १० बर्षसम्मको प्रतिबन्ध लागेकाहरु पुन अमेरिका आउन वा ग्रिनकार्ड प्राप्त गर्नका लागि उक्त अवधि अमेरिकाबाहिर विताएको हुनुपर्ने प्रावधान रहेको थियो । मेक्सिकन आप्रवासीबारेको मुद्दामा फैसला गर्दै अध्यागमन अदालतको पुनरावेदनले यस्तो फैसला गरेको हो ।

उक्त मुद्दामा रहेका प्रतिवादी आप्रवासी सन् २००० को जुनमा अमेरिका आएका थिए । त्यतीबेला उनलाई अमेरिकामा ३० दिनमात्र रहनका लागि अनुमति दिइएको थियो । तर ती व्यक्ति सन् २००१ को अगस्तसम्म अमेरिकामा नै बसे । अगस्तको अन्त्यतिर उनी फेरि ३० दिनका लागि अमेरिकामा रहनका लागि बोर्डर क्रसिङ कार्डमा अमेरिका आए । तर उनी तोकिएको समयमा फर्केनन् । अमेरिकाभित्रै रहे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका छोरा अमेरिकी नागरिक थिए । जब उनका छोरा २१ बर्षका भए, उनले बुबाका लागि ग्रिनकार्ड आवेदन दिए । तर त्यतीबेला अध्यागमन न्यायाधीशले उनी ग्रिनकार्डका लागि योग्य नभएको निष्कर्ष निकाले किनभने उनी अमेरिकामा १ बर्षभन्दा लामो गैरकानूनी उपस्थीतिपछि लागेको १० बर्षको प्रतिबन्धका क्रममा पूरै १० वर्षमा अमेरिका बाहिर बसेका थिएनन् ।

उनीसँग योग्य आफन्त नभएका कारण उनी छुटका लागि आवेदन दिनसमेत योग्य नभएको निष्कर्ष न्यायाधिसले निकालेका थिए । त्यसपछि उनले बोर्ड अफ इमिग्रेशन अपिलमा पुनरावेदन गरेका थिए । उक्त मुद्दामा फैसला गर्दै बोर्ड अफ इमिग्रेशन अपिलले प्रतिबन्धको १० बर्षको अवधि अमेरिकाबाहिर विताउन अनिवार्य नभएको निष्कर्ष निकालेको हो ।

फैसला यहाँ पढ्नुहोला ।

कुनै पनि आप्रवासीको अमेरिकामा १८० दिन भन्दा बढी तर एक वर्ष भन्दा कम अवधिको लागि गैरकानूनी उपस्थिती भएमा र देशनिकालाको प्रकृया सुरु हुनु अगाडि नै अमेरिका छाडेमा अमेरिकामा पुन प्रवेश वा ग्रिनकार्ड प्राप्त गर्नका लागि ३ बर्षसम्मको प्रतिबन्ध लाग्छ । त्यस्तै कोही व्यक्ति अमेरिकामा १ बर्षभन्दा बढी गैरकानुनी रुपमा बसेमा उक्त व्यक्तिविरुद्ध देशनिकालाको प्रकृया सुरु भएपनि नभएपनि अमेरिकामा पुन प्रवेश वा ग्रिनकार्ड प्राप्त गर्नका लागि १० बर्षसम्मको प्रतिबन्ध लाग्छ ।

न्युयोर्कका कानुन व्यवसायी केशवराज सेडाई भन्छन् -‘अब उक्त १० बर्षको अवधि अमेरिकाबाहिर विताउन अनिवार्य छैन । अमेरिकाभित्रै विताएको भएतापनि ११ औं बर्षमा योग्य भएको खण्डमा त्यस्ता व्यक्तिले ग्रिनकार्ड फाइल गर्न सक्छन् । २१ बर्ष नाघेका अमेरिकी नागरिकका बुबाआमाका सन्दर्भमा अब सजिलो हुने भएको छ । उनीहरुले १ बर्ष गैरकानुनी उपस्थीति भइसकेपछि वा देशनिकालाको आदेशपछि अमेरिकामा १० बर्ष विताएका छन् भने अमेरिका नछाडिकनै २१ बर्ष नाघेका अमेरिकी नागरिक छोराछोरीमार्फत ग्रिनकार्ड प्राप्त गर्न सक्छन् ।

यो मुद्दा अमेरिकी नागरिकमार्फत ग्रिनकार्ड फाइल गर्ने सन्दर्भको रहेकाले अन्य सन्दर्भमा कसरी लागु हुन्छ त्यो भने हेर्न बाँकी रहेको सेडाईले जानकारी दिनुभयो । अमेरिकामा आइसकेपछि कागजपत्रविहिन भएका र अमेरिकामा छोराछोरीहरु जन्माएका नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । उनीहरुका छोराछोरीहरु जब २१ बर्ष पुग्छन्, तब उनीहरुमार्फत बुबाआमाले पनि अमेरिका नछाडिकनै ग्रिनकार्ड पाउन अब सहज हुने भएको छ ।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com