चीनले इथियोपिया, बुरुन्डी, नाइजरलाई निर्यात शून्य छुट दिने


प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार

चीनले सन् २०२३ मार्च १ देखि इथियोपिया, बुरुन्डी र नाइजरबाट निर्यात हुने करिब ९८ प्रतिशत करयोग्य वस्तुमा शून्य शुल्क उपलब्ध गराउने भएको छ । राज्यको भन्सार शुल्क आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको हो ।

यो नयाँ कदमले चीन-अफ्रिका मित्रता र सहयोगको भावनालाई अझ बलियो बनाउने चिनया पक्षले विश्वास लिएको छ । यस कदमले अतिकम विकसित देशहरूलाई आफ्नो विकासलाई तीव्रता दिन र खुला विश्व अर्थतन्त्रको निर्माणमा थप सहयोग पुग्ने पनि बताइएको छ ।

चीनसँग कूटनीतिक सम्बन्ध स्थापना भएका सबै अल्पविकसित देशहरूमा यस प्रकारको निर्यात शुल्कमा दिइने छुटलाई क्रमशः विस्तार गरिने पनि चिनियाँ पक्षले उल्लेख गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com